काठमाडौं- कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरणमा प्रभावकारी कार्य सम्पादन तथा अनुसन्धान नगरेको आरोप लाग्दै आएका कञ्चनपुरका तत्कालीन प्रमुख प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज विष्ट र इन्स्पेक्टर जगदीश भट्टलाई प्रहरी सेवाबाट बर्खास्त गरिएकाे छ। भविष्यमा सरकारी सेवाका लागि अयोग्य नहुने गरी उनलाई बर्खास्त गरिएको हो।
_x000D_
_x000D_
गृहको निर्णयपछि नेपाल लाइभसँग संक्षिप्त कुराकानी गर्दै विष्टले कानूनी प्रक्रियाका लागि अदालत जाने प्रतिक्रिया दिएका छन्। 'म अहिले परामर्शका क्रममा छु। कानुनी प्रक्रियाका लागि अदालत जाने कुरा त भइहाल्यो नि', विष्टले भने।
_x000D_
_x000D_
१३ वर्षीया बालिका पन्तको हत्याको अनुसन्धानमा गम्भीर लापरबाही गरेको भन्दै एसपी विष्ट र घटनाको प्रमाण नष्ट गरेको भन्दै भट्टलाई सेवाबाटै बर्खास्त गरिएको हो। यसअघि उनीहरु दुबैलाई स्पष्टीकरण सोधिएको थियो।
_x000D_
_x000D_
गृहले स्पष्टीकरण लिएर मन्त्रालयमा पेस गर्न प्रहरी प्रधान कार्यालयलाई आदेश दिएको थियो। प्रहरी प्रधान कार्यालयले प्रहरी निरीक्षक भट्टलाई सोमबार स्पष्टीकरणको पत्र थमाएको थियो। एसपी विष्टले आफू अन्य काममा व्यस्त भएको बताउँदै मंगलबार मात्रै पत्र बुझेका थिए। पत्र बुझेको २४ घन्टाभित्र लिखित जवाफ पठाउनुपर्ने भएकाले एसपी विष्टले बुधबार जवाफ पेस गरेका थिए।
_x000D_
_x000D_
पन्त हत्याको अनुसन्धानमा लापरबाही गरेको भन्दै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गत असोज २९ गते प्रहरी उपरीक्षक विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टराईलाई सेवाबाट निष्काशन गर्न गृह मन्त्रालयसमक्ष पत्राचार गरेका थिए।
_x000D_
_x000D_
गत साउन १० गते साथीको घरबाट स्कुलको गृहकार्य सकेर घर जाँदै गरेकी १३ वर्षीया निर्मलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा साउन ११ गते बिहान उखुबारीमा शव भेटिएको थियो। आधा दर्जनभन्दा बढी प्रहरी टोलीले घटनाको छानबिन गरे पनि परिणाम शून्य भएको अवस्थामा सरकारले कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख विष्टलाई बर्खास्त गरेको हो।
_x000D_
_x000D_
यस्तो छ मन्त्रालयको विज्ञप्ति:
_x000D_
_x000D_

_x000D_
_x000D_

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।