• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

चिकित्सक भन्छन्– शवबाट मात्र संक्रमण फैलिन्छ भन्नु गलत हो

64x64
नेपाल लाइभ सोमबार, भदौ १५, २०८३  ०८:३९
1140x725

काठमाडौं– बाढी तथा पहिरोपछि प्रभावित क्षेत्रमा हैजा, झाडापखाला, टाइफाइड, लेप्टोस्पाइरोसिस, डेंगु, मलेरिया, स्क्रब टाइफस तथा हावाबाट सर्ने संक्रमण फैलिन सक्ने जोखिम बढेको चिकित्सकहरूले बताएका छन्। 

दूषित पानी, असुरक्षित खानेकुरा, पानी जम्ने स्थान, लामखुट्टेको वृद्धि, सरसफाइको अभाव र विस्थापितहरू एउटै स्थानमा बस्नुपर्ने अवस्थाका कारण बाढीपछि विभिन्न सरुवा रोगको जोखिम बढ्ने चिकित्सकहरूको भनाइ छ।

टेकु अस्पतालमा कार्यरत सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले बाढीमा परी मृत्यु भएका मानिस तथा पशुचौपायाका शवबाट प्रत्यक्ष रूपमा महामारी फैलिनेभन्दा पनि शवमा आकर्षित हुने मुसा, किराफट्याङ्ग्रा तथा अन्य जनावरका कारण अप्रत्यक्ष रूपमा संक्रमण फैलिने जोखिम बढी हुने बताए।

नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले बाढी प्रभावित क्षेत्रमा शव लामो समयसम्म व्यवस्थापन हुन नसक्दा त्यसमा मुसा तथा अन्य जीवजन्तु आकर्षित हुन सक्ने भन्दै संक्रमित मुसाको पिसाब तथा अन्य माध्यमबाट लेप्टोस्पाइरोसिसजस्ता रोग फैलिन सक्ने उनले बताए। 

उनका अनुसार त्यस्तै कीटजन्य रोगको जोखिम पनि बढ्न सक्ने सम्भावना हुन्छ। 

उनले भने,‘शवबाट नै अचानक संक्रमण फैलिनेभन्दा पनि पशुचौपायादेखि लिएर मानिसको शवमा विभिन्न प्रकारका जनावर, मुसा वा किराहरू आकर्षित हुन्छन्। त्यस्तो चिजहरूले विस्थापित भएका मानिसहरू वा त्यहाँ काम गर्न गएका व्यक्तिहरूलाई जोखिममा पार्न सक्छ। मुसाको उदाहरण लिने हो भने संक्रमित मुसाको पिसाबबाट लेप्टोस्पाइरोसिस फैलिन सक्छ। त्यस्तै स्क्रब टाइफसजस्ता कीटजन्य रोग पनि फैलिन सक्छन्। विस्थापित मानिसहरू वा उद्धार तथा व्यवस्थापनमा खटिएका व्यक्तिहरूको त्यस्ता स्रोतसँग निकटता बढ्दा रोग फैलिने सम्भावना हुन्छ।’

डा. पुनले बाढीपछि शवबाट मात्र संक्रमण फैलिने भन्ने बुझाइ सही नभएको बताए। बाढी प्रभावित क्षेत्रमा पानी, सरसफाइ, शौचालय, खानेकुरा र लामखुट्टेको व्यवस्थापन गर्न नसकिए संक्रमण फैलिने सम्भावना बढी हुने उनले बताए।

उनका अनुसार सुरक्षित खानेपानीको अभाव भएमा हैजा, झाडापखाला, टाइफाइड तथा कमलपित्तजस्ता पानीजन्य रोग देखिन सक्छन्। त्यस्तै बाढीको पानी जमेर लामखुट्टे बढ्ने वातावरण बनेमा डेंगु र मलेरियाको जोखिम पनि बढ्न सक्छ।

Ncell 2
Ncell 2
nimb
nimb

उनले भने,‘यदि केहीगरी सुरक्षित पानी पिउन सकेनौँ वा पाएनौँ भने हैजा, झाडापखाला, टाइफाइड र कमलपित्तका समस्या आउन सक्छन्। पानी जम्मा भइरहेकाले लामखुट्टे बढ्ने वातावरण बन्छ, जसले गर्दा मलेरिया र डेंगुको जोखिम पनि जोडिएर आउँछ।’

पछिल्लो समय बाढी आउनुअघि नै झाडापखाला र ज्वरोका बिरामी बढिरहेको तथा लामखुट्टेको संख्या पनि बढ्दै गएको डा. पुनले बताए। डेंगुका बिरामीसमेत फाट्टफुट्ट देखिन थालेकाले बाढीपछि स्वास्थ्य जोखिम थप चुनौतीपूर्ण बन्न सक्ने उनको भनाइ छ।

‘पछिल्लो समयमा बाढी आउनुभन्दा अगाडि झाडापखाला, ज्वरोका बिरामी बढ्दै गइरहेका थिए। अहिले लामखुट्टे पनि एकदम बढ्दै गएको छ, डेंगु फाट्टफुट्ट देखिने क्रम जारी छ। आगामी दिन चुनौतीपूर्ण पनि छ’, उनले भने।

बाढी प्रभावित क्षेत्रमा विस्थापित नागरिकहरू अस्थायी आश्रयस्थलमा ठूलो संख्यामा बस्नुपर्ने भएकाले शौचालय तथा सरसफाइको उचित व्यवस्था हुन नसके संक्रमण फैलिने जोखिम अझ बढ्ने उनको भनाइ छ।

डा. पुनका अनुसार कतिपय संक्रामक रोग लागेका व्यक्तिमा सुरुवातमा कुनै लक्षण नदेखिन पनि सक्छ। तर उनीहरूको दिसा तथा पिसाबबाट संक्रमण बाहिर निस्कने भएकाले उचित शौचालय र सरसफाइको अभावमा एउटै ठाउँमा बसिरहेका अन्य मानिसमा रोग फैलिन सक्छ।

उनले भने,‘कतिपय संक्रामक रोगमा लक्षण देखिँदैन, हेर्दा मानिस ठीक देखिन्छ तर उसको दिसा–पिसाबबाट संक्रमण निस्किरहेको हुनसक्छ। त्यसैले गर्दा त्यहाँ बसिरहेका विस्थापितहरूमा रोग फैलिन सक्छ। त्यसैले शौचालय एकदम महत्त्वपूर्ण छ।’

उनले बाढी प्रभावित क्षेत्रमा साबुनपानीको पर्याप्त व्यवस्था गर्न सके संक्रमणको जोखिम धेरै कम गर्न सकिने बताए। खाना खानुअघि र शौचालय प्रयोग गरेपछि हात धुने बानीलाई विशेष प्राथमिकता दिनुपर्ने उनको सुझाव छ।

बालबालिका र गर्भवती महिलालाई विशेष ध्यान

बाढी तथा विपद्का बेला बालबालिका र गर्भवती महिलाको स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने डा. पुनले बताए। बालबालिकामा सामान्य संक्रमणसमेत गम्भीर बन्न सक्ने भएकाले सुरक्षित खानेकुरा, सफा पानी र व्यक्तिगत सरसफाइमा ध्यान दिनुपर्ने उनले बताए।

गर्भवती महिलाका लागि औषधिसँगै पोषणयुक्त खानेकुरा र आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्ने उनको भनाइ छ।

उनले भने,‘गर्भवती महिलालाई एन्टिबायोटिक मात्र दिमागमा राखेर हुँदैन। उहाँहरूलाई आवश्यक पर्ने पोषणयुक्त खानेकुरा र स्वास्थ्यबाट दिन सकिने सुविधालाई पनि ध्यानमा राख्नुपर्छ। बालबालिकालाई पनि संक्रमणबाट सुरक्षित राख्नुपर्छ र जथाभावी खानेकुरा खान दिनु हुँदैन।’

उनले विगतमा तराई क्षेत्रमा बाढीका बेला आफूले छालासम्बन्धी रोग तथा पोषणको समस्या बढी देखेको अनुभव सुनाउँदै अहिले पनि बाढी प्रभावित क्षेत्रमा त्यस्ता समस्यालाई बेवास्ता गर्न नहुने बताए।

बिरामीको तत्काल उपचार आवश्यक

बाढी प्रभावित क्षेत्रमा कुनै व्यक्तिमा झाडापखाला, ज्वरो वा अन्य संक्रमणको लक्षण देखिए तत्काल स्वास्थ्य संस्थामा पु¥याएर उपचार गर्नुपर्ने डा. पुनले बताए। एक व्यक्तिबाट अर्को व्यक्तिमा संक्रमण फैलिन नदिन प्रभावित क्षेत्रमा औषधि तथा स्वास्थ्यकर्मी पर्याप्त मात्रामा परिचालन गर्नुपर्ने उनको सुझाव छ।

‘त्यहाँबाट कुनैपनि रोग इमर्ज हुनसक्ने सम्भावना रहन्छ। झाडापखाला लाग्यो भने पनि तुरुन्त उद्धार गरेर उपचार गर्नुप¥यो, ताकि सो व्यक्तिबाट रोग नफैलियोस्। समयमै सकेसम्म ठाउँ–ठाउँमा औषधिको उपलब्धता हुनुप¥यो,’उनले भने। 

उनले प्रभावित क्षेत्रमा कति मानिस विस्थापित भएका छन् भन्ने आधारमा स्वास्थ्यकर्मी परिचालन गर्नुपर्ने बताए। औषधि र स्वास्थ्यकर्मी पठाउनुका साथै स्थानीय वातावरणको अवस्थासमेत अध्ययन गरेर आवश्यक स्वास्थ्य सेवा व्यवस्थापन गर्नुपर्ने उनको भनाइ छ।

तीन तहका सरकारबीच समन्वय आवश्यक

बाढीपछि स्वास्थ्य जोखिम नियन्त्रणका लागि संघ, प्रदेश र स्थानीय सरकारबीच प्रभावकारी समन्वय आवश्यक रहेको डा. पुनले बताए। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा अन्य सरकारी तथा गैरसरकारी निकायबीच पनि समन्वय गरेर कुन क्षेत्रमा कति सहयोग आवश्यक छ भन्ने मूल्याङ्कन गर्नुपर्ने उनले बताए।

यसमा थप्दै उनले भने,‘यो काम एकीकृत र समन्वयात्मक रूपमा ग¥यो भने अझ राम्रो हुन्छ। तीन तहको सरकारसँगै नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र अरू निकायको पनि समन्वय चाहिन्छ। कुन ठाउँमा कति सहयोग आवश्यक छ भन्ने आकलन गरेर त्यहीअनुसार व्यवस्थापन गर्नुपर्छ।’

‘स्वास्थ्यलाई बेवास्ता गर्न हुँदैन’

विपद्को समयमा नागरिकको पहिलो आवश्यकता गाँस, बास र कपास भए पनि त्यससँगै स्वास्थ्यलाई पनि प्राथमिकतामा राख्नुपर्ने डा. पुनले बताए। व्यक्तिगत सरसफाइ र सुरक्षित खानेकुरामा सामान्य सावधानी अपनाउन सके धेरै प्रकारका संक्रमणबाट बच्न सकिने उनको भनाइ छ।

‘पहिलो प्राथमिकता त गाँस, बास, कपास होला तर त्यो भन्दैमा स्वास्थ्यलाई छाड्न मिल्दैन। यदि व्यक्तिगत सरसफाइ र खानेकुरामा मात्र पनि ध्यान दियौँ भने अधिकांश रोगबाट हामी बच्न सक्छौँ’, उनले भने।

पानी जम्ने स्थानमा लामखुट्टेको वृद्धि रोक्ने, सुरक्षित पानीको व्यवस्था गर्ने, शौचालयको उचित प्रबन्ध गर्ने, साबुनपानी उपलब्ध गराउने तथा बिरामीलाई समयमै उपचारको पहुँचमा पु¥याउने कामलाई प्राथमिकता दिनुपर्ने उनले बताए।

बाढीका कारण खोजी, उद्धार र राहतका लागि राज्यका सबै संयन्त्र केन्द्रित भइरहेका बेला नियमित स्वास्थ्य सेवामा कमी आउन नदिन पनि सचेत हुनुपर्ने डा. पुनको सुझाव छ।

उनले भने,‘बाढी–पहिरोका कारण हाम्रो प्रयास अर्कैतिर केन्द्रित हुँदा स्वास्थ्यतर्फको प्रयास कम भएर अर्को समस्या नआओस् भन्ने हो। प्रभावित क्षेत्रमा पनि समस्या नहोस् र अन्य क्षेत्रमा पनि सरुवा रोग नफैलियोस् भन्नका लागि सबै ठाउँबाट सतर्क रहनुपर्छ।’

उनले बाढीपछि देखिनसक्ने पानीजन्य, कीटजन्य र हावाजन्य रोगको सम्भावित जोखिमलाई अहिले नै अनुमान गरेर आवश्यक तयारी गर्नुपर्ने बताए। 

प्राकृतिक विपद् अप्रत्याशित भएपनि त्यसपछि आउन सक्ने स्वास्थ्य जोखिमबारे पूर्वतयारी गर्न सकिने भएकाले सम्बन्धित निकायले तत्कालै निगरानी र रोकथामको काम अघि बढाउनुपर्ने उनको भनाइ छ।

प्रकाशित मिति: सोमबार, भदौ १५, २०८३  ०८:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित)
सम्बन्धित सामग्री
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज न्यायाधीशद्वय कुमार रेग्मी र श्रीकान्त पौडेलको इजलासले सोमबार यो विवादसँग जोडिएका सर्वोच्चमा विचाराधीन चार थान रिट खारेज गरेको हो । सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले असोज ५ गते २१ प्रमुख प्रशासकीय अधिकृतसहित ३५ उपसचिव तथा सोसरहका... सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र पूर्वाधार विकास मन्त्रालय तथा भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रभावित परिवारको आवास व्यवस्थापनक... सोमबार, असोज ५, २०८३
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
देवानगञ्ज घटना : युवतीको विवादले गोली प्रहार भएको खुल्यो, शल्यक्रिया गरेर निकालियो आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्