काठमाडौं– संयुक्त राज्य अमेरिकाले बाढीबाट प्रभावित नेपाली नागरिकका लागि ३६ लाख अमेरिकी डलरभन्दा बढीको सहायता उपलब्ध गराउने भएको छ।
अमेरिकी विदेश मन्त्रालयका अनुसार उक्त सहायता बाढी प्रभावित समुदायको तत्कालीन मानवीय आवश्यकता सम्बोधन गर्न प्रयोग गरिनेछ। सहयोगअन्तर्गत १० हजारसम्म बाढी प्रभावित घरपरिवारलाई बढीमा तीन महिनासम्मको आपत्कालीन खाद्य सहायता उपलब्ध गराइनेछ।
अमेरिकाले विपद्का बेला नेपाली जनताको साथमा रहेको उल्लेख गर्दै जीवनरक्षक मानवीय सहायता उपलब्ध गराउन लागेको जनाएको हो।
यसैबीच, अमेरिकी नागरिकको सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै नेपालस्थित अमेरिकी दूतावासले अमेरिकी नागरिकलाई आवश्यक सहयोग तथा विपद् राहतका कार्यमा समन्वय गरिरहेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।