काठमाडाैं– कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरणमा प्रभावशाली कार्य सम्पादन तथा अनुसन्धान नगरेको आरोप लाग्दै आएका कञ्चनपुरका तत्कालीन प्रमुख प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज विष्टले र तत्कालीन प्रहरी निरीक्षक जगदीश भट्टले दाेस्राे स्पष्टीकरण बुझाएका छन्।
_x000D_
_x000D_
उनीहरूले हेड्क्वाटर मार्फत गृहमन्त्रालयमा दाेस्राे स्पष्टीकरण बुझाएका हुन्। प्रहरी निरीक्षक भट्टले पहिलाे स्पष्टीकरण मंगलबार बुझाएका थिए भने एसपी डिल्लीराज विष्टले बुधबार बुझाएका थिए।
_x000D_
_x000D_
१३ वर्षीया बालिका पन्तको हत्याको अनुसन्धानमा गम्भीर लापरबाही गरेको भन्दै बर्खास्त गर्नुअघि आफ्नो कुरा राख्न पाउने प्राकृतिक न्यायको सिद्धान्तअनुसार एसपी विष्ट र घटनाको प्रमाण नष्ट गरेको आरोप लाग्दै आएका कञ्चनपुरका तत्कालीन प्रहरी निरीक्षक भट्टलाई स्पष्टीकरण सोधिएको थियो।
_x000D_
_x000D_
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गत असोज २९ गते उनीहरूलाई सेवाबाट निष्कासन गर्न गृह मन्त्रालयसमक्ष पत्राचार गरेका थिए। गत साउन १० गते साथीको घरबाट स्कुलको गृहकार्य सकेर घर जाँदै गरेकी १३ वर्षीया निर्मलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा साउन ११ गते बिहान उखुबारीमा शव भेटिएको थियो।
_x000D_
_x000D_
आधा दर्जनभन्दा बढी प्रहरी टोलीले घटनाको छानबिन गरे पनि परिणाम शून्य भएको अवस्थामा सरकारले कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख विष्ट र निरीक्षक भट्टलाई बर्खास्त गर्न प्रक्रिया अघि बढाउन लागेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।