काठमाडाैं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालय र नेपाल पर्यटन बोर्डको २० करोड रुपैयाँभन्दा बढी बक्यौता चुक्ता नगरी एयर एसियाले नेपालमा गर्दै आएको नियमित उडान बन्द गरेको छ।
_x000D_
_x000D_
मलेसियन एयर कम्पनी एयर एसियाले यात्रु अभाव देखाउँदै असोज २७ गतेबाट उडान बन्द गरेको विमानस्थल कार्यालयका प्रमुख राजकुमार क्षेत्रीले जानकारी दिए।
_x000D_
_x000D_
एयर एसियाले विमानस्थल कार्यालयलाई बुझाउनुपर्ने विमानस्थल सेवाशुल्क वापतको १३ करोड रुपैयाँ बक्यौता चुक्ता नगरी उडान बन्द गरेको उनको भनाइ छ।
_x000D_
_x000D_
असोज २७ गते एयर एसियाको अन्तिम उडान रहेको समयमा विमानस्थल कार्यालयले जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मलेसिया जान रोक लगाएको थियो। जहाज उडान गर्न नपाएपछि एयर एसियाले मलेसियाको दूतावासको सहयोगमा जहाज उडान गरेको क्षेत्रीले जानकारी दिए ।
_x000D_
_x000D_
दूतावासले विमानस्थल कार्यालयको बक्यौता रकम एयर एसियासँग असुलीका लागि पहल गरिदिने प्रतिबद्धतापछि मात्रै जहाज उडेको उनको भनाइ छ। दूतावासले रकम असुलीका लागि सहयोग गर्ने लिखित प्रतिबद्धताको पत्र पनि पठाएको छ। प्रतिबद्धताअनुरुप एयर एसियाले रकम चुक्ता नगरे क्षेत्रीय तथा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको कार्यालयमा समेत पत्राचार गर्ने क्षेत्री बताउँछन्। एयर एसियालाई रकम जसरी पनि चुक्ता गराएरै छाड्ने उनको दाबी छ।
_x000D_
_x000D_
एयर एसियाले विमानस्थल सेवाशुल्क वापतको साँवा र विलम्ब शुल्कसहित ४० करोड रुपैयाँ तिर्नुपर्ने अवस्थामा थियो। जसमा एयर एसियाले साँवा रकम २७ करोड मात्रै तिरेको उनको भनाइ छ। यसैगरी एयर एसियाले पर्यटन शुल्क वापतको नेपाल पर्यटन बोर्डलाई पनि ७ करोड २३ लाख रुपैयाँ रकम तिरेको छैन।
_x000D_
_x000D_
उडान बन्दको असर के
_x000D_
_x000D_
कुनै पनि विदेशी एयरलाइन्सले नेपालमा गर्दै आएको उडान बन्द गर्ने राम्रो नहुने एअरपोर्ट होटलका सञ्चालक विनायक शाह बताउँछन्। एयर एसिया विश्वमा बजेट एयरलाइन्सको रुपमा चर्चित छ। त्यसमा पनि नेपालबाट मलेसिया रोजगारीका लागि जाने कामदारलाई सस्तो हवाई दरमा मलेसिया लैजाने र ल्याउने गर्ने एयर लाइन्स बन्द हुँदा नेपाली कामदारलाई थप आर्थिक भार पर्नसक्ने उनको भनाइ छ। साथै एयरलाइन्सले उडान बन्द गर्दा नेपालको पर्यटन विकासमा समेत केही हलचल ल्याउने उनको भनाइ छ।
_x000D_
_x000D_
एयर एसियाले अस्ट्रेलिया तथा न्युजिल्यान्डबाट आउने विदेश पर्यटक ओसारपोसार गरिरहेको थियो। जसका कारण पनि पर्यटनमा केही असर देखिने उनको भनाइ छ।
_x000D_
_x000D_
कुल यात्रुको १० प्रतिशत यात्रु बाहेक अन्य यात्रु भने एयर एसियामा यात्रा गर्ने नेपाली कामदार नै हुन्थ्ये। नेपाल सरकारले मलेसिया जान कामदारमा लगाएको प्रतिबन्धका कारण एयर एसियाले उडान बन्द गरेको हो। फेरि मलेसिया सरकार र नेपाल सरकारबीच कामदार पठाउने विषयमा श्रम सम्झौता हुँदैछ। त्यसपछि एयरलान्सले नियमित उडान गर्नसक्ने उनको भनाइ छ।
_x000D_
_x000D_
एयर एसियाले विमानस्थल कार्यालयलाई तिर्न बाँकी रहेको बक्यौता त जुनसुकै समयमा पनि तिर्नुपर्छ तर, उडान नै बन्द गर्दा हवाई क्षेत्रमा भने नकारात्मक सन्देश जानसक्ने समेत क्षेत्री बताउँछन्।
_x000D_
_x000D_
यसरी सुरु भएको थियो एयर एसियामाथि संकट
_x000D_
_x000D_
नियमित उडान गरिरहेको एयर एसियाले लामो समयदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलाई विमानस्थल विकास शुल्क तथा पर्यटन बोर्डलाई बुझाउनुपर्ने पर्यटन शुल्क बापतको रकम बुझाएको थिएन। यो रकम एयरलाइन्सको टिकट खरिदमा यात्रुसँग नगद नै लिने गर्थ्याे।
_x000D_
_x000D_
विमानस्थल कार्यालयको माथिल्लो तहका कर्मचारीको मिलोमतोमा लामो समयदेखि तिर्नुपर्ने रकम नै नतिरी उडान गरिरहेको थियो। उडान सुचारु गरिरहेको अवस्थामा एयरलाइन्सले विमानस्थल कार्यालयलाई तिर्नुपर्ने रकम साँवा मात्रै २७ करोड रुपैयाँ पुगेको थियो। त्यसमा पनि विलम्ब शुल्क १३ करोड थप भइसकेको थियो। साँवा र विलम्ब शुल्कसहित एयर एसियाले विमानस्थल कार्यालयलाई झन्डै ४० करोड रुपैयाँ बुझाउनुपर्ने भइसकेको थियो।
_x000D_
_x000D_
एयर एसियाको नेपाल एजेन्ट हरिमान लामाले पटकपटक विमानस्थल कार्यालयलाई कहिले १५ दिन त कहिले एक महिनामा बाँकी बक्यौता रकम दाखिला गर्ने सहमति गरे। तर, रकम तिरेनन्। यसपछि कदम चालेका विमानस्थल कार्यालयका प्रमुख राजकुमार क्षेत्रीले नेपाल नागरिक उड्डयन प्राधिकरणको सहयोगमा एयर एसियाको कम्पनीलाई रकम नतिरे उडान बन्द गरिदिने चेतावनी सहितको पत्र काटे।
_x000D_
_x000D_
पत्र काटेलगत्तै एयरलाइन्सका प्रतिनिधि नेपाल आए। दुईपक्षीय छलफलमा एयरलाइन्स कम्पनीले मासिक ५ देखि साढे ५ करोड रुपैयाँका दरले रकम तिर्ने लिखित सम्झौता गर्यो। तर, एयरलाइन्सका प्रतिनिधिले विलम्ब शुल्क भने छुट गरिदिनुपर्ने माग गरेका थिए। कम्पनीको प्रस्तावलाई विमानस्थल कार्यालयका प्रमुख क्षेत्रीले भने शुल्क छुट नहुने जवाफ दिए। त्यसपछि कम्पनीले अप्रिल, मे र जुन महिनामा गरी १६ करोड रुपैयाँ बक्यौता दाखिला गर्यो।
_x000D_
_x000D_
तर, एयरलाइन्स कम्पनीले जुलाईको किस्ता तिर्न ढिलाइ गरेपछि विमानस्थल कार्यालयका प्रमुखले बेलाबेला कम्पनीको उडान कहिले ३० मिनेट त कहिले ४० मिनेट बन्द गरिदिएका थिए। उडानमा अवरोध गर्न थालेपछि एयरलाइन्स कम्पनीले जुलाई महिनाको बक्यौता चुक्ता गर्दै उडान बन्द गर्ने अनौपचारिक खबर दिएको थियो।
_x000D_
_x000D_
यसैबीच श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले मलेसिया जाने कामदारमा शोषण भएको भन्दै गत जेठ ३ गतेबाट रोजागारीमा जान प्रतिबन्ध लगाइदिए। मलेसिया जाने युवासँग विभिन्न नामको संस्था खडा गरी अवैध शुल्क संकलन गरिरहेका व्यक्तिहरुलाई पनि प्रहरीले पक्राउ गर्न थाल्यो।
_x000D_
_x000D_
कामदारमाथि थप आर्थिक भार पार्ने भिएलएन, बायोमेट्रिक स्वास्थ्य परीक्षण संस्था, माइग्राम, आइएसी र ओएसी जस्ता अवैधानिक संस्था पनि बन्द भए। जसका कारण मासिक १० हजारको हाराहारीमा मलेसिया जाने कामदारको संख्या ठप्प भयो। त्यसमा पनि एयर एसियाका लागि एजेन्टका रुपमा टिकट काट्ने भिएलएन नेपालका राम श्रेष्ठ पक्राउ परे। उनले लिँदै आएको जिम्मा पूरा हुन सकेन।
_x000D_
_x000D_
_x000D_
एयर एसियाले विमानस्थल कार्यालयलाई तिर्न बाँकी बक्यौता त जुनसुकै समयमा पनि तिर्नुपर्छ तर, उडान नै बन्द गर्दा हवाई क्षेत्रमा नकारात्मक सन्देश जानसक्छ।
_x000D_
_x000D_
_x000D_
श्रेष्ठ अदालतबाट धरौटीमा छुटे तर मलेसियाको रोजागारी बन्द भइसहेको थियो। श्रेष्ठले पहिलेको जस्तै फेरि एयर एसियालाई सहयोग गरेनन्। उनले मालिन्दो एयरलाइन्सलाई सहयोग गर्न थाले। जसको प्रत्यक्ष असर एयर एसियाले भोग्नुप¥यो। एयर एसियाले मलेसियाबाट काठमाडौं आउँदा ८० देखि ९० प्रतिशत ‘अकुपेन्सी’मा नै आइरहेको थियो। तर, काठमाडौंबाट जाँदा भने ३ सय यात्रु क्षमताको जहाजमा ३० देखि ४० यात्रु लिएर गइरहेको थियो। जसका कारण अन्ततः एयरलाइन्सले १ वर्षका लागि नेपालबाट उडान बन्द गर्ने निर्णय गर्न बाध्य भयो।
_x000D_
_x000D_
अब बक्यौता रकम के हुन्छ?
_x000D_
_x000D_
एयरलाइन्स कम्पनीले अब विलम्ब शुल्क १३ करोड रुपैयाँ विमानस्थल कार्यालयलाई बुझाउन बाँकी छ। एयरलाइन्सले उडान बन्द गरे पनि बक्यौता रकम तिर्नैपर्ने बताउँछन, विमानस्थल कार्यालयका प्रमुख राजकुमार क्षेत्री। तर। बजेट एयरलाइन्सले नेपाल उडान बन्द गर्नु राम्रो भने होइन। यसले नेपालको सकारात्मक सन्देश दिँदैन।’
_x000D_
_x000D_
नेपालले सन् २०२० लाई भिजिट नेपाल वर्षको रुपमा मनाउँदै गरेको अवस्थामा आफूहरु कसरी बढी पर्यटक भित्र्याउन सकिन्छ भनेर लागिपरिरहेको उनले बताए। ‘एयर एसियाको उडान बन्द गर्ने निर्णयको नकारात्मक सन्देश जान पनि सक्छ,’ क्षेत्रीले भने।
_x000D_
_x000D_
कानुनमा के छ?
_x000D_
_x000D_
विमानस्थल सेवा शुल्क नियमावली २०६७ को नियम ३० मा विमानस्थल कार्यालय प्रमुखले वायुयान कम्पनीले समयमै रकम दाखिला नगरेको अवस्थामा कारोबार रोक्कादेखि तत्काल उडान बन्द गराउन सक्ने उल्लेख छ।
_x000D_
_x000D_
नियमावलीको नियम ३० को १ मा नियमावली बमोजिम बुझाउनुपर्ने शुल्क समयमा नबुझाउने व्यक्ति वा संस्थालाई विमानस्थलबाट जारी भएको अनुमतिपत्र, सम्झौतापत्र वा अन्य कुनै कारोबार गर्न दिएको अनुमति विमानस्थल प्रमुखले स्थगन गरी विमानस्थलमा रहेको निजको सम्पत्ति रोक्का राखी निजको काम कारबाही वा व्यवसायमा रोक लगाउन सक्ने उल्लेख छ। साथै त्यसरी रोक लगाएको सूचना अविलम्ब प्रधान कार्यालयमा पठाउनुपर्ने हुन्छ।
_x000D_
_x000D_
नियम २ मा कुनै व्यक्ति वा निकायले बिल जारी भएको मितिले ६० दिनसम्म पनि विमानस्थलसँग सम्बन्धित शुल्क नबुझाएमा विमानस्थलको प्रमुखले त्यस्तो व्यक्ति वा संस्थालाई विमानस्थलमा व्यवसाय गर्न रोक लगाउँदै वायुसेवाको हकमा उडानमा तत्काल रोक सक्ने उल्लेख छ।
_x000D_
_x000D_
नियम ३० को ३ मा प्राधिकरणले यस नियमावली बमोजिम बुझाउनुपर्ने शुल्क नबुझाएमा वा प्राधिकरणसँग भएको सम्झौता उल्लंघन गर्ने व्यक्ति तथा संस्थाका सञ्चालकलाई भविष्यमा हवाई सेवा, विमानस्थल तथा प्राधिकरणसँग सम्बद्ध कुनै किसिमको कामकारबाही तथा व्यापार व्यवसायमा सहभागी हुन नपाउने गरी कालोसूचीमा राख्न सक्नेसमेत नियमावलीमा उल्लेख छ।
_x000D_
_x000D_
नियमावलीका ४ मा समयमा शुल्क नबुझाउने व्यक्ति वा संस्थाउपर समयमै नियम बमोजिमको कारबाही प्रक्रया सुरु नगर्ने विमानस्थल प्रमुखउपर विभागीय कारबाही गरिने पनि उल्लेख छ।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।