काठमाडौँ – गृह मन्त्रालयको सचिव परिवर्तन भएका छन् ।
शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले रक्षा मन्त्रालयमा कार्यरत सचिव केदारनाथ शर्मालाई गृह मन्त्रालयको सचिवमा सरुवा गर्ने निर्णय गरेको हो ।
गृहसचिवको जिम्मेवारीमा रहेका राजकुमार श्रेष्ठलाई भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अतिरिक्त समूहमा तानिएको छ । सचिव श्रेष्ठ आगामी भदौ १५ गतेदेखि अनिवार्य अवकाशमा जाँदैछन् ।
अवकाशको मुखैमा रहेका श्रेष्ठलाई जगेडामा राखेर सरकारले शर्मालाई गृहको कमान्ड सुम्पिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतले जानकारी दियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।