काठमाडौं– काठमाडौंका दुई वटा गेस्ट हाउसमा दुई जना मृत फेला परेका छन्।
_x000D_
_x000D_
गेस्ट हाउसमै मृत अवस्थामा भेटिनुले घटना शंकास्पद भएको भन्दै प्रहरीले अनुसन्धान अघि बढाएको छ।
_x000D_
_x000D_
काठमाडौं टोखा नगरपालिका–९ बुद्ध टोलस्थित पाँचथर स्याबरुम्बा गेस्ट हाउसको दोस्रो तलाको १०२ नम्बरको कोठामा बस्दै आएकी रुपन्देही बुटवल घर भएकी मीना गुरुङ मृत अवस्थामा बुधबार फेला परेकी हुन्। उनको कसरी मृत्यु भयो भन्नेबारे अहिलेसम्म केही खुलेको छैन।
_x000D_
_x000D_
त्यसैगरी काठमाडौं महानगरपालिका–१६ पकनाजोलस्थित कालिका गेस्ट हाउसमा ५/६ महिनादेखि बस्दै आएका अछाम मंगलसेन घर भएका अन्दाजी ५५ वर्षीय रुपबहादुर शाह सोही गेस्ट हाउसको शौचालयमा मृत अवस्थामा फेला परेको हुन्। उनको पनि मृत्युको कारण खुलेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।