काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को निमन्त्रणामा भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव सीताराम यचुरी बिहीबार बिहान काठमाडौ आइपुगेका छन्। उनीसँगै पार्टीका केन्द्रीय सदस्य जोगेन्द्र शर्मा पनि सहभागी छन्।
_x000D_
_x000D_
यहाँ रहँदा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव विष्णु पौडेल लगायतसँग भेट्ने कार्यक्रम छ।
_x000D_
_x000D_
साथै, पुष्पलाल स्मृति प्रतिष्ठानद्वारा आयोजित विचार गोष्ठीलाई समेत उनले सम्बोधन गर्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।