काठमाडौं– ठगका हजार दाउ हुन्छन् भनेझैं प्रहरीलाई नै चकित पार्ने गरी एउटा ठगीको प्रयास भएको छ। प्रहरीको अनुसन्धान-प्रविधि दिन प्रतिदिन विकसित भइरहेको अवस्थामा ठगी गर्नेहरुले नयाँनयाँ तरिका अपनाउन थालेका छन्।
_x000D_
_x000D_
महानगरीय प्रहरी अपराध महाशाखाले ठगी प्रयास गर्ने एक जोडी युवक-युवतीलाई पक्राउ गरेपछि सो रहस्य खुलेको हो।
_x000D_
_x000D_
यसरी भयो ठगीको नाटकीय शैली
_x000D_
ललितपुरको कुपण्डोलमा बस्दै आएका एक व्यवसायी (शिव, नाम परिवर्तित) को फेसबुकमा जेठ अन्तिम साता एक युवतीको फ्रेन्ड रिक्वेस्ट आउँछ। निशा अधिकारी नामको उक्त प्रोफाइल एक सर्को हेरेर उनी एसेप्ट बटम थिच्छन्।
_x000D_
_x000D_
'हाई!' तत्काल निशाबाट शिवलाई म्यासेज आउँछ।
_x000D_
_x000D_
म्यासेन्जरमा सामान्य कुराकानी र चिनजान हुन्छ। यो क्रम दुई-तीन दिनसम्म चली नै रहन्छ।
_x000D_
_x000D_
सन्चो-बिसन्चोदेखि खाना खाएको/नखाएकोसम्म कुराकानी म्यासेन्जरमै हुन थाल्छन्। केही दिनको कुराकानीपछि दुई जनाबीच मित्रता प्रगाढ बन्दै जान्छ। परिचितझैं उनीहरुबीच गफ हुन थाल्छ।
_x000D_
_x000D_
म्यासेन्जरमै उनीहरुले मोबाइल नम्बरसमेत साटासाट गरिसकेका हुन्छन्। म्यासेन्जरको कुराकानी फोनबाट थप विस्तारित हुँदै जान्छ।
_x000D_
_x000D_
असार १ गते ती युवतीले फोनमा भन्छिन्, ‘तपाईंलाई अफिसमा भेट्न दिउँसो आउँछु। भेटेर कुराकानी गर्नुछ।’
_x000D_
_x000D_
नदेखे पनि परिचितझैं बनिसकेकी उनको प्रस्तावमा शिव नाइँनास्ती गर्दैनन्। अफिसको लोकेसन दिन्छन्। निशा त्यहीँ पुग्छिन्।
_x000D_
_x000D_
'नाम- इन्दु। घर- झापाको बुधबारे,' उनी यसरी परिचय दिँदै कुराकानीको सुरुवात गर्छिन्।
_x000D_
_x000D_
उनी नजानिँदो पाराले शिव बसेको नजिकै पुग्छिन्। सोफामा बसेका उनी इन्दुको मुलायम कुरामा पग्लिन थाल्छन्।
_x000D_
_x000D_
यतिन्जेलमा शिव-इन्दुको दुरी एक इन्चभन्दा कम भइसकेको हुन्छ। बिस्तारै शिवको आलिंगनमा सुन्दरी इन्दु कसिँदै जान्छिन्।
_x000D_
_x000D_
यही मौकामा शिवमाथि इन्दुले चुम्बन गर्छिन्। केही समय रोमान्स गरेपछि फेरि भेटौंला भन्दै उनी शिवको कोठाबाट बाहिरिन्छिन्।
_x000D_
_x000D_
सुन्दर युवतीको मायामा डुबिसकेका शिव उनकै कल्पनामा डुबिरहेका बेला अचानक नयाँ नम्बरबाट फोन आउँछ।
_x000D_
_x000D_
'म गणेश लामा।' यति परिचय दिनासाथ उनी थरर हुन्छन्।
_x000D_
_x000D_
'इन्दुसँग अफिसमा रोमान्स गरेको भिडियो मसँग छ। एक करोड दिन भए दिनु। नत्र भिडियो युट्युब र फेसबुकमा अपलोड गरेर भाइरल बनाउँदै तेरो बेइज्जत गर्छु।’ गणेश नामक उक्त व्यक्तिले धम्क्याइपछि शिव छाँगाबाट खसेझैं हुन्छन्।
_x000D_
_x000D_
बल्ल थाहा पाउँछन्- इन्दुले मायाको नाटक गरेर चुम्बन गरेर भिडियो बनाएको।
_x000D_
_x000D_
त्यसपछि एक करोड रुपैयाँको बार्गेनिङ गर्दै दिनहुँजसो फोन आउन थालेपछि शिव प्रहरीकहाँ पुग्छन् र उजुरी गर्छन्।
_x000D_
_x000D_
उनको उजुरीकै आधारमा प्रहरीले चुम्बन गर्ने ती युवती र फोनबाट करोडको बार्गेनिङ गर्ने युवकलाई पक्राउ गरेको छ। ठग्नकै लागि युवा-युवतीले गलत नाम ठेगाना दिएको तथ्यसमेत प्रहरीले पत्ता लगाएको छ।
_x000D_
_x000D_
पक्राउ पर्नेमा निशा र इन्दु नाम बताउने पाँचथरको हिलिहाङ गाउँपालिका–४ की २५ वर्षीया इन्दिरा उप्रेती र गणेश लामा नाम बताउने गोरखाको पालुङटार नगरपालिका–८ का ३१ वर्षीय बद्रीनाथ लामिछाने छन्।
_x000D_
_x000D_
लामिछानेलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले मंगलबार बेलुका गौशालाबाट र उप्रेतीलाई बुधबार दिउँसो टेकुबाट पक्राउ गरिएको महानगरीय प्रहरी अपराध महाशाखाका एसपी नरेन्द्र उप्रेतीले बताए। उनीहरुलाई कारबाहीका लागि आजै महानगरीय प्रहरी परिसर ललितपुर पठाइएको अपराध महाशाखाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।