राजविराज– सप्तरीको राजविराज नगरपालिकाले सरसफाइ शीर्षकमा मात्रै दैनिक सरदर १६ हजार २ सय रुपैयाँ खर्च गर्छ। गत आर्थिक वर्षमा कुल ५८ लाख ३३ हजार ३ सय ६९ रुपैयाँ खर्च सरसफाइका लागि खर्च भएको थियो।
_x000D_
_x000D_
नगरको फोहोर संकलन र व्यवस्थापनका लागि २२ जना स्विपर, ५ वटा ट्याक्टर र ३ वटा टिप्पर दैनिक परिचालित छन्। तर, नगर क्षेत्रमा फोहोर व्यवस्थापनको अवस्था भने अझै विकराल बन्दै गएको छ।
_x000D_
_x000D_
नगरपालिकाले समयमा फोहर नउठाउँदा स्थानीयवासी आजित छन् भने फोहर उठाइसकेको ठाउँमा जथाभावी फोहर फाल्ने प्रवृत्तिले नगरपालिकाका कर्मचारी हैरान छन्। नगरपालिका र स्थानीयवासी दुवैको कमजोरीका कारण नगरमा सरसफाइको अवस्था दिनानुदिन चुनौतीपूर्ण बन्दै गएको हो।
_x000D_
_x000D_

_x000D_
_x000D_
राज्य पुनर्संरचनाका क्रममा ६ वटा गाविस थप भएसँगै यो समस्या थप विकराल बन्दै गएको छ। ‘पहिलेको तुलनामा सरसफाइ गर्नुपर्ने क्षेत्र बढेको छ’, नगरपालिकाको सरसफाइ फाँटका इन्चार्ज रामकुमार यादवलले भने, ‘तर, सरसफाइ कर्मचारीदेखि फोहोर संकलन र व्यवस्थापनको समस्या भने यथावत छ। साधन र श्रोतमा कुनै परिवर्तन छैन।’
_x000D_
_x000D_
राजविराजमा फोहोर व्यवस्थापनको समस्या नौलो विषय भने होइन। स्थानीय तह निर्वाचनका क्रममा अधिकांश उम्मेदवारले फोहर व्यवस्थापनलाई चुनावी नारा बनाएका थिए। तर, कार्यान्वयनको समयमा भने नत नगरपालिका गम्भीर देखिन्छ, न त राजनीतिक दल नै जिम्मेवार देखिएका छन्। नगरलाई स्वच्छ, सफा र हराभरा बनाउने प्रतिबद्धता नारामा मात्रै सीमित भएको छ।
_x000D_
_x000D_

_x000D_
_x000D_
‘नगरपालिकाले फोहरमैला व्यवस्थापनमा ध्यान नदिँदा जुनसुकै बेला पनि सरुवा रोगको महामारी फैलिने खतरा छ’, स्थानीय व्यवसायी धिरु झा भन्छन्, ‘नगरपालिकाले सरसफाइका नाममा बर्सेनि लाखौं खर्च गरेपनि उपलब्धि चाहिँ शून्य जस्तै छ।’
_x000D_
_x000D_
राजविराज–७ स्थित हटियाका व्यवसायी मोहम्मद समिम पनि नगरमा बढ्दो फोहोर र दुर्गन्धका कारण आजित छन्। सरसफाइलाई नगरपालिकाले प्राथमिकतामा राखेर काम गर्नुपर्ने उनको सुझाव छ। चारैतिर फोहर थुपार्ने र समयमा नगरपालिकाले नउठाउने प्रवृत्तिले दुर्गन्धपूर्ण वातावरणमा व्यवसाय चलाउनु परेको उनले गुनासो गरे।
_x000D_
_x000D_
जथाभावी फोहर फाल्नेविरुद्ध नगरपालिकाले कडाइ नगरेको, सरसफाइ सम्बन्धी जनचेतनामूलक कार्यक्रम नगरेको र फोहर फाल्न डम्पिङ साइट समेतको व्यवस्था नभएका कारण स्वच्छ तथा सफा नगरपालिकाको कुरा नारामै सीमित भएको नागरिक सञ्जालका अध्यक्ष सुखराम यादव बताउँछन्। उनी स्थानीय तह निर्वाचनमा तत्कालीन नेकपा एमालेका तर्फबाट नगरप्रमुखका प्रत्यासी थिए।
_x000D_
_x000D_

_x000D_
_x000D_
नगर क्षेत्रमा गाईबस्तु, सुँगुर लगायत छाडा पशुचौपायासमेत छोड्ने गरिएका कारण पनि फोहर तथा दुर्गन्ध बढेको छ। सञ्जालका अध्यक्ष यादव यस्ता छाडा पशुचौपाया नियन्त्रणका लागि नगरपालिकाले अभियान नै चलाउनु पर्ने सुझाउँछन्।
_x000D_
_x000D_
राजविराज नगरपालिका सरसफाइ फाँटका इन्चार्ज यादवले भने फोहर उठाउनका लागि सरसफाइ कर्मचारी अपुग भएको कारणले उपलब्ध जनशक्तिकै भरमा नगरभरीको फोहर उठाउँदा ढिलाइ हुने गरेको बताए। ‘फोहोरको परिमाण, स्थानीयवासीको प्रवृत्ति र सफाइ गर्नुपर्ने स्थान हेर्दा ४० जना कर्मचारी पनि अपुग नै हुन्छ’ उनी भन्छन्, ‘२२ जनाको भरमा काम गर्नु परेको छ, जनशक्तिका आधारमा यो भन्दा राम्रो काम गर्न कठिन छ।’
_x000D_
_x000D_
फोहर उठाइसकेपछि पनि जथाभाबी फोहर फाल्ने प्रवृत्तिका कारण काम गरेर पनि जस नपाएको उनको दुखेसो छ।
_x000D_
_x000D_

_x000D_
_x000D_
फाल्ने ठाउँको अभावका कारण पनि राजविराजमा फोहोरको समस्या जटिल बन्दै गएको उनले स्पष्ट पारे। हाल पब्लिक विन्देश्वरी उच्च माविको छेउ तथा भलुवाई खोला नजिक फोहर विसर्जन भइरहेको उनले जानकारी दिए।
_x000D_
_x000D_
राजविराज नगरपालिकाका मेयर शम्भु प्रसाद यादवले छाडा चौपाया नियन्त्रणका लागि अभियान सुरु गर्ने तयारी भइरहेको बताए। फोहरमैला व्यवस्थापनका लागि समेत नगरपालिकाले योजना बनाइरहेकाले चाँडै नै समस्याको समाधान निस्कने उनको दाबी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।