काठमाडौं– मंगलबार दिउँसो नयाँ बानेश्वरमा ड्युटीमा रहेकी महिला ट्राफिक प्रहरीलाई हात पात गर्ने युवक पक्राउ परेका छन् ।
नयाँ बानेश्वरदेखि थापागाउँ जाने आकाशे पुलमुनि ड्युटीमा खटिएकी ट्राफिक प्रहरीलाई एक युवकले गालीगलौजसहित पात पात गरेका थिए ।
प्रहरीले दिएको जानकारी र सामाजिक सञ्जालमा सार्वजनिक भिडियो अनुसार ती युवकलाई महिला प्रहरीमाथि हातपात गरिरहेका बेला छुटाउन हम्मे हम्मे परेको थियो ।
त्यसपछि प्रहरीले जुम्लाको तातोपानी गाउँपालिका २ घर भइ हाल काठमाडौं ३१ मा बस्दै आएका २७ वर्षीय राज कठायतलाई नियन्त्रणमा लिएको थियो ।
उनीविरुद्ध ड्युटीमा खटिएका राष्ट्रसेवकलाई आफ्नो कर्तव्य निर्वाहमा बाधा गरेको, अभन्द्र व्यवहार गरेको कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पाँच दिनको म्याद अनुमति लिइ अनुसन्धान सुरु गरेको छ ।
प्रहरीका अनुसार कठायतले पुल मुनिबाट बाटो काट्न लाग्दा ती महिला प्रहरीले त्यसो नगर्न भनेकी थिइन् । अटेरी गरेपछि महिला ट्राफिकले सम्झाउन खोज्दा उनी एक्कासी झम्टिएको प्रहरीले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।