काठमाडाैं– तेलमा ठगी गर्ने काठमाडाैंकाे एक आयल स्टोर्सले २ लाख जरिवाना तिर्नुपर्ने भएकाे छ।
_x000D_
_x000D_
कागेश्वरी मनोहरा ९ भगवती गोठाटार स्थित भद्रकाली आयल स्टोर्सले पेट्रोलियम पदार्थ बिक्री गर्दा मापदण्डभन्दा घटी परिमाणमा बिक्री गरेको भेटिएकाले उक्त पेट्रोल पम्पलाई २ लाख जरिवाना गरिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ।
_x000D_
_x000D_
बुधबार विभाग र नेपाल आयल निगमबाट गएको संयुक्त अनुगमन टोलिले अनुगमन गर्ने क्रममा स्टाेर्सले तेल ठगी गरेको भेटिएको थियो।
_x000D_
_x000D_
चेकजाँचकाे क्रममा ठगी गरिएकाे भेटिएपछि २ लाख जरिवानासहित पम्पकाे वितरणलाई पनि राेक्का गरिएकाे विभागले जनाएकाे छ।
_x000D_
_x000D_
स्टाेर्सले नोजलबाट मापदण्ड अनुसारको परिमाणमा बिक्री वितरणको व्यवस्था नमिलाएसम्म पेट्रोल वितरण गर्न पाउने छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।