धनुषा– जनकपुर जयनगर रेलको निर्माण सम्पन्न भए सँगै स्थानीय बजार सस्तो हुने भएको छ।
_x000D_
_x000D_
नेपालको जनकपुरदेखि भारतको जयनगरसम्म चल्ने नयाँ रेल्वे सेवा सुरु भए सँगै माल सामान ढुवानीको लागत घट्न जाने हुँदा बजार सस्तो हुने भएको हो। भारत सरकारको अनुदानमा नेपालको ५ वटा नाकाहरुमा रेल्वेको अन्तरदेशीय लाइन निर्माण भइरहेका छन्।
_x000D_
_x000D_
पहिलो चरणमा जोगबनी बिराटनगर र जनकपुर बर्दिबासको निर्माणको काम भइरहेको छ। भारत सरकारको ५ सय करोड बढीको अनुदान सहयोगमा जयनगर–जनकपुर–बर्दिबास रेल्वे ट्रयाक निर्माणको काम भइरहेको छ।
_x000D_
_x000D_
आगामी डिसेम्बर सम्ममा निर्माण सम्पन्न हुन लागेको यो आयोजनामा नेपाली निर्माण कम्पनीले पनि काम गरिरहेका छन्। रेल्वे विभागका प्रवक्ता अमन चित्रकारले जनकपुर जयनगर रेल निर्माण भई सञ्चालन हुँदा नेपाललाई महँगी नियन्त्रणसँगै, निर्माण प्रविधि र सीप हासिल हुने बताए। साथै यसले नेपाली यातायात तथा पारवहनमा ठूलो परिवर्तन ल्याउने विश्वास पनि उनले व्यत्त गरे।
_x000D_
_x000D_
भारत सरकारको मुख्य निर्माण कर्ता इरिकोन कम्पनीसँगै काम गरिरहेको रमण कन्स्ट्रक्सनले आगामी दिनमा रेल्वे सम्बन्धि निर्माणका लागि आफूहरु तयार रहेको बताएको छ। जयनगर बर्दिवास खण्डको ट्रयाक निर्माणको काम नेपाली कम्पनी रमण कन्स्ट्रक्सनले भारतीय कम्पनी इरिकोनसँग मिलेर गरिरहेको छ।
_x000D_
_x000D_
नेपाली निर्माण कम्पनीसँग यसअघि रेल्वे ट्रयाक निर्माणमा अनुभव थिएन। यो सँगै नेपाली निर्माण कम्पनी पनि रेल्वे सम्बन्धि निर्माण गर्न सक्षम भएको रमण कन्स्ट्रक्सनका निर्देशक रमण महतोले बताए।
_x000D_
_x000D_
भारतको जयनगरदेखि महोत्तरीको कुर्थासम्म रेल्वे सञ्चालनका लागि ३ हल्ट र ५ स्टेशन निर्माणको अन्तिम चरणमा पुगेको छ।
_x000D_
_x000D_
स्टेशन भवन, आवास निर्माण पनि अन्तिम अवस्थामा छ। यात्रुवाहक रेल गुडाउन जयनगर–बर्दिवास ६९ किलोमिटरको ब्रोडगेज सञ्चालनका लागि काम भइरहँदा जयनगर–जनकपुर रेल लिकलाई गत असाेज २६ गते मालबाहक रेल गुडाएर परीक्षण गरिएको थियो।
_x000D_
_x000D_
रमण कन्स्ट्रक्सनले भारतको झारखण्डबाट रेल्वे लिकमा प्रयोग हुने गिट्टी ब्लास्ट बोकेको ५३ वटा डब्बा रेलको माध्यमबाट नै ल्याएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।