• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ २७, २०८३ Sat, Sep 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

सातै प्रदेशमा अटिजम भएका बालबालिकाका लागि आवासीय विद्यालय खोलिँदै

64x64
नेपाल लाइभ शनिबार, भदौ ६, २०८३  २१:५९
1140x725

धनगढी– सरकारले अटिजम भएका बालबालिकाका लागि सातै प्रदेशमा एक–एक वटा आवासीय विद्यालय स्थापना गर्ने तयारी अघि बढाएको छ ।

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यालय स्थापनाका लागि आवश्यक बजेटसमेत विनियोजन भइसकेको जानकारी दिएका छन् । धनगढीमा आयोजित ‘अटिजम तथा न्यूरोडाइभर्सिटी भएका बालबालिकाका लागि शैक्षिक कार्यक्रम सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड, २०८३’ सम्बन्धी छलफलमा उनले विद्यालय सञ्चालनको मोडालिटी तय गर्न सरोकारवालासँग छलफल भइरहेको बताए ।

मन्त्री पोखरेलका अनुसार प्रस्तावित आवासीय विद्यालयमा अटिजम भएका बालबालिकालाई नियमित पठनपाठनसँगै आवश्यक थेरापी, स्वास्थ्य सेवा तथा विभिन्न रचनात्मक गतिविधिमा सहभागी गराइनेछ ।

‘सरकार गठन हुनेबित्तिकै सातै प्रदेशमा अटिजम भएका बालबालिकाका लागि एक–एक वटा आवासीय विद्यालय स्थापना गर्ने घोषणा गरेका छौँ,’ उनले भने, ‘आवश्यक बजेटको व्यवस्था भइसकेको छ । यसै वर्ष विस्तृत परियोजना प्रतिवेदन तयार गरी कार्यान्वयनको प्रक्रिया अघि बढाउँछौँ ।’

मन्त्री पोखरेलले मूलधारका विद्यालयमा भर्ना गर्नुअघि अटिजम भएका बालबालिकालाई आवासीय रूपमा आवश्यक शिक्षा, स्वास्थ्य सेवा र थेरापी उपलब्ध गराउने उद्देश्यले मापदण्डको मस्यौदा तयार पारिएको बताए ।

मस्यौदालाई थप प्रभावकारी बनाउन सम्बन्धित क्षेत्रका विज्ञ, अभिभावक तथा सरोकारवालाबाट रचनात्मक सुझाव आवश्यक रहेको उनको भनाइ छ । आगामी शिक्षा ऐन, नीति तथा मापदण्डमा अटिजमसम्बन्धी विषयलाई प्राथमिकताका साथ समेटेर सरकारी कार्यक्रम सञ्चालनको आधार स्पष्ट बनाउने पनि उनले बताए ।

अटिजम भएका बालबालिकाको संख्या र उनीहरूले भोग्ने चुनौती विश्वव्यापी रूपमा बढिरहेको उल्लेख गर्दै मन्त्री पोखरेलले उनीहरू तथा अभिभावकका समस्या समाधान गर्न सरकार गम्भीर रहेको बताए ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य सरिता महतोले अटिजम भएका बालबालिकालाई बोझका रूपमा नभई उनीहरूको रुचि, क्षमता र प्रतिभाअनुसार विकासको अवसर दिनुपर्नेमा जोड दिइन् ।

Ncell 2
Ncell 2
nimb
nimb

आफू पनि अटिजम भएका सन्तानकी आमा भएको उल्लेख गर्दै महतोले यस विषयलाई राज्यको प्राथमिकतामा राख्न संसद् र सरकारसँग निरन्तर पहल गरिरहेको बताइन् ।

कार्यक्रममा सहभागी अभिभावकहरूले बालबालिकाको हेरचाहमा अधिकांश समय खर्चिनुपर्दा आफूहरूलाई रोजगारी तथा आयआर्जनका काममा संलग्न हुन कठिन भइरहेको बताएका थिए । उनीहरूले वडा तहमा हेरचाह केन्द्र, छुट्टै आवासीय विद्यालय र थेरापी केन्द्र स्थापना गर्न माग गरेका छन् ।

अभिभावकहरूले आफ्नो आर्थिक अवस्था सुधारका लागि आयआर्जनका अवसर सिर्जना गर्न पनि सरकारसँग आग्रह गरेका छन् ।

कार्यक्रममा सरकारी तथा गैरसरकारी क्षेत्रका प्रतिनिधिहरूले अटिजम भएका बालबालिकाको वास्तविक संख्या, अवस्था र आवश्यकताको तथ्याङ्क संकलन गरेर त्यसकै आधारमा नीति तथा कार्यक्रम बनाउनुपर्ने सुझाव दिएका थिए ।

राष्ट्रिय अटिजम केयर सेन्टर सोसाइटी नेपालका अध्यक्ष रमेश बस्नेतले अटिजम भएका बालबालिकाका आवश्यकता अन्य अपाङ्गता भएका बालबालिकाभन्दा फरक हुन सक्ने भएकाले विशेष कार्यक्रममार्फत सम्बोधन गर्नुपर्ने बताए ।

शिक्षा विभागका शिक्षा अधिकृत दीपक माझीले तयार भइरहेको मापदण्डको मस्यौदामा समेटिएका प्रावधानबारे जानकारी दिँदै अटिजम तथा न्यूरोडाइभर्सिटी भएका बालबालिकाका समस्या समाधानका लागि सरकारले आवश्यक प्रक्रिया अघि बढाइरहेको बताए ।

प्रकाशित मिति: शनिबार, भदौ ६, २०८३  २१:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
‘एलपी ग्यास एक दिनमै सहज हुँदैन’
हिमाली विपद्मा चीनको सहयोग प्रशंसनीय, एक–चीन नीतिप्रति प्रतिवद्ध छौं : मन्त्री खनाल
अञ्जन, रोहित र मनिष बंगलादेशी क्लबमा अनुबन्ध
सम्बन्धित सामग्री
सल्यानमा बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार घाइते सल्यानको त्रिवेणी गाउँपालिका–५ सिंखस्थित भित्री सडकखण्डमा बोलेरो जिप अनियन्त्रित भई दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। घटनामा च... शनिबार, भदौ २७, २०८३
गैंडाकोटमा दुई बस ठोक्कियो, १८ जना घाइते गैंडाकोट नगरपालिका–१२ हर्कपुरमा दुई बस एकआपसमा ठोक्किँदा १८ जना घाइते भएका छन्। शनिबार, भदौ २७, २०८३
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग नेपाल प्रहरीको पछिल्लो विवरणअनुसार बागमती र कर्णाली प्रदेशका विभिन्न सडकखण्डमा पूर्ण तथा एकतर्फी अवरोध रहेको छ। कतिपय सडक पूर्ण रूपम... शनिबार, भदौ २७, २०८३
ताजा समाचारसबै
‘एलपी ग्यास एक दिनमै सहज हुँदैन’ शनिबार, भदौ २७, २०८३
हिमाली विपद्मा चीनको सहयोग प्रशंसनीय, एक–चीन नीतिप्रति प्रतिवद्ध छौं : मन्त्री खनाल शनिबार, भदौ २७, २०८३
अञ्जन, रोहित र मनिष बंगलादेशी क्लबमा अनुबन्ध शनिबार, भदौ २७, २०८३
सल्यानमा बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार घाइते शनिबार, भदौ २७, २०८३
उपाधि जित्न नेपालले यूएईलाई दियो विशाल लक्ष्य शनिबार, भदौ २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गरिमा चौधरी हत्या प्रकरण : मुख्य प्रतिवादी प्रोग्रेशसहित १० जना रिहा शुक्रबार, भदौ २६, २०८३
बाढी प्रभावित क्षेत्रमा ८ हजार ७ सयभन्दा बढी सेना परिचालन, आज थप ३० जनाको उद्धार शुक्रबार, भदौ २६, २०८३
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? शुक्रबार, भदौ २६, २०८३
उपाधि जित्न नेपालले यूएईलाई दियो विशाल लक्ष्य शनिबार, भदौ २७, २०८३
महाधिवेशन कार्यतालिका स्थगित गरेर संवाद गर्न कांग्रेसका २५ नेताको अपिल शुक्रबार, भदौ २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! प्रदीप सत्याल
बीपीको प्रजातान्त्रिक समाजवाद र कांग्रेसका राजनीतिक सौदाबाजी लोकराज अवस्थी
लोकतान्त्रिक समाजवाद : अवधारणा कि कार्यान्वयनमा समस्या ? धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
केसीले दिए कांग्रेस मिलाउने पाँच सूत्र, के–के हुन् प्रस्ताव? आइतबार, भदौ २१, २०८३
कुशको प्रतिमा बनाएर अन्त्येष्टिपछि बेपत्ता व्यक्ति जीवित भेटिए के हुन्छ ? मंगलबार, भदौ २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्