काठमाडौं –नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वतकुमार कार्कीलाई नियुक्त गरिएको छ।
बुधबार (भदौ ३) बसेको मन्त्रिपरिषद् बैठकबाट उनलाई कार्यकारी निर्देशकमा नियुक्त गरिएको हो।
उदयपुरका कार्कीलाई नागरिक लगानी कोष ऐन, २०४७ को दफा ४२ को उपदफा १ बमोजिम कार्यकारी निर्देशकमा नियुक्त गरिएको जनाइएको छ।
नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट निवृत्त कार्की यसअघि पनि कोषको कार्यकारी निर्देशक थिए। उनी ०८० माघ ३ गते कोषको कार्यकारी निर्देशक पदमा खुला प्रतिस्पर्धाबाट छनोट भएका थिए।
नेपाल ग्रामीण विकास बैंक र किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)का रूपमा समेत काम गरेको उनीसित अनुभव रहेको कोषले जनाएको छ।
कार्कीले अस्टे«लियाको ग्रिफिथ विश्वविद्यालयबाट मास्टर अफ बैंकिङ एन्ड फाइनान्स (एमबिएफ) गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट व्यववस्थापनमा स्नाकतोत्तर गरेका छन्।
उनले केन्द्रीय बैकिङ, वित्तीय स्थिरता र वित्तीय बजार विश्लेषणलगायत विषयमा अन्तर्राष्ट्रिय तालिम समेत प्राप्त गरेका कोषका सूचना अधिकारी उद्धवराज सिलवालले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।