पाल्पा – सुक्खा पहिरो खसेपछि अवरुद्ध बनेको सिद्धार्थ राजमार्गअन्तर्गत तानसेन बुटवल सडक खण्ड सञ्चालनमा आएको छ ।
तिनाउ गाउँपालिका–३, सिद्धबाबा सुरुङमार्ग नजिकै बुधबार बिहान साढे सात बजेतिर पहिरो खस्दा राजमार्ग पूर्णरूपमा सडक अवरुद्ध बनेको थियो ।
पहिरो पन्छाएसँगै अहिले राजमार्गमा गाडी गुड्न थालेको सुरुङमार्ग आयोजनाका इन्जिनियर दिलिप भट्टराईले जानकारी दिए ।
बिहानैदेखि निरन्तर सुक्खा पहिरो खसेपछि पहिरो पन्छाउन समस्या हुँदै आएको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।