• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २३, २०८३ Tue, Sep 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

निश्चित व्यक्ति केन्द्रित बन्यो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको पदाधिकारी नियुक्ति कार्यविधि

64x64
नेपाल लाइभ सोमबार, भदौ १, २०८३  २०:४८
1140x725

काठमाडौं– कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको पदाधिकारी नियुक्तिको लागि खुला प्रतिस्पर्धाका लागि भन्दै तयार पारिएको कार्यविधि निश्चित व्यक्तिहरुको लागि मात्रै योग्य हुने गरी तयार पारिएको छ । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी छनोट तथा सिफारिससम्बन्धी नयाँ कार्यविधि जारी भएको दुई दिन नबित्दै संशोधन गरिए पनि केही मुख्य प्रावधानहरुका कारण खुला प्रतिस्पर्धाभन्दा पनि निश्चित केही व्यक्ति केन्द्रित मापदण्ड बनेको पाइएको छ । 

प्रतिष्ठानले साउन २७ गते सार्वजनिक गरेको कार्यविधिमा साउन २९ गते नै प्रथम संशोधन गर्दै केही प्रावधानहरू फेरबदल गरेको हो । शिक्षाध्यक्ष (रजिस्ट्रार बाहेकका अन्य पदाधिकारी), डीन र निर्देशकको शैक्षणिक तथा व्यावसायिक योग्यतालाई यथावत् वा स्पष्ट पारिए पनि विशेषगरी रजिस्ट्रार पदको शैक्षिक योग्यतामा हेरफेर गरिएको छ । 

पहिलो कार्यविधिमा निश्चित प्राविधिक तथा व्यवस्थापकीय विषयहरू तोकिएकोमा संशोधनमार्फत जुनसुकै विषयमा स्नातकोत्तर उत्तीर्ण गरेका व्यक्ति पनि रजिस्ट्रार पदका लागि योग्य हुने व्यवस्था गरिएको छ ।

kash-1-1786979115.jpg
 

साउन २७ गते प्रकाशित ‘कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको पदाधिकारी छनोट तथा सिफारिस कार्यविधि २०८३’ को दफा ७ (क) मा रजिस्ट्रार पदका लागि न्यूनतम योग्यता तोक्दा “मान्यता प्राप्त विश्वविद्यालय वा शिक्षण संस्थाबाट चिकित्सा शास्त्र वा जनस्वास्थ्य वा जनप्रशासन वा व्यवस्थापन वा स्वास्थ्य विज्ञानको कुनै पनि विषयमा कम्तीमा स्नातकोत्तर तह हासिल गरेको हुनुपर्ने स्पष्ट सर्त राखिएको थियो ।

Ncell 2
Ncell 2
nimb
nimb

यसै दफा ७ (ग) मा मान्यता प्राप्त स्वास्थ्य विज्ञान प्रतिष्ठान, विश्वविद्यालय वा शिक्षण अस्पतालमा राजपत्राङ्गकित दृतिय श्रेणी वा सो सरहको अधिकृत पदमा न्यूनतम पाँच (५) वर्ष अनुभव भएको वा शिक्षण अस्पतालको सह–प्राध्यापक वा सो भन्दा माथिको पदमा दुई (२) वर्ष प्रध्यापन गरेको र दफा ७ (घ) प्रचलित कानुन बमोजिम स्थापित कुनै विश्वविद्यालय, प्रतिष्ठान, अस्पताल वा शैक्षिक तथा प्राज्ञिक संस्थाको पदाधिकारी वा विभागीय प्रमुख रही उत्कृष्ट व्यवस्थापकीय सीप क्षमता र कौशल प्रदर्शन गरेको भन्ने यी दुई बुँदाले निश्चित व्यक्ति केन्द्रित कार्यविधि तयार गरिएको देखिन्छ । 

kash-2-1786979115.jpg
 

साउन २९ गते उपकुलपति प्रा.डा. सूर्यमान म्याहाङम्बोद्वारा जारी कार्यविधि संशोधन सम्बन्धी सूचनामा उक्त प्रावधानलाई सच्याइएको जनाउँदै दफा ७ (क) मा ‘मान्यता प्राप्त विश्वविद्यालय वा शिक्षण संस्थाबाट कुनै पनि विषयमा कम्तीमा स्नातकोत्तर हासिल गरेको’ भनी कायम गरिएको छ ।  यसरी विषयगत सीमा हटाएर ‘जुनसुकै विषय’ समावेश गरिनु नै दुई दिनमै कार्यविधि संशोधन गर्नुको मुख्य कारण र उद्देश्य खुला प्रतिस्पर्धामार्फत् भन्ने थियो । तर यस्तो चाहेको भए सवैमा संशोधन आवश्यक थियो । तर संशोधन गरेको जस्तो मात्रै गरिएको छ । अन्य पदहरूको तुलना गर्दा रजिस्ट्रार पदमा गरिएको संशोधनको नियत कुनै सीमित व्यक्ति नियुक्तिका लागि मात्र गरिएको अझ स्पष्ट देखिन्छ । 

शिक्षाध्यक्ष (दफा ६), डीन (दफा ८) र निर्देशक (दफा ९) पदको हकमा भने पहिलो सूचना र संशोधित सूचना दुवैमा ‘चिकित्सा शास्त्र विज्ञानको कुनै पनि विषयमा कम्तीमा स्नातकोत्तर तह हासिल गरेको’ हुनुपर्ने कडा प्रावधानलाई निरन्तरता दिइएको छ। शिक्षाध्यक्षका लागि प्राध्यापक पदमा कम्तीमा ४ वर्षको अनुभव र ४ वटा अनुसन्धानमूलक लेख (२ प्रथम र २ सह–लेखक) आवश्यक पर्ने, डीन र निर्देशकका लागि सह–प्राध्यापक पदमा कम्तीमा १ वर्षको अनुभव र २ वटा अनुसन्धानमूलक लेख आवश्यक पर्ने जस्ता मापदण्डहरूमा कुनै परिवर्तन गरिएको छैन । 

केवल डीन पदको साउन २९ गतेको संशोधनमा केही प्राविधिक शब्दहरू (जस्तैः एसोसियट प्रोफेसर, फस्ट अथर, को–अथर, साइन्टिफीक रिसर्च आर्टीकल्स) को अङ्ग्रेजी रूपान्तरण थप गरी स्पष्ट पारिएको छ भने निर्देशक पदको दफा सङ्ख्या (पहिलोमा दफा १ लेखिएकोमा संशोधनमा दफा ९) सच्याइएको छ । प्रतिष्ठानका उपकुलपति प्रा.डा. सूर्यमान म्याहाङम्बोले रजिस्ट्रार पद प्राविधिक सँगै व्यवस्थापन र प्रशासनसँग जोडिएकोले जुन सुकै विषयमा स्नातकोत्तर गरेकोलाई प्रतिस्पर्धा गर्न मिल्ने व्यवस्था मिलाइएको बताए । तर उनको भनाइसँग संशोधित कार्यविधि नै बाझिएको छ । यस विषयमा टेलिफोनमा भएको कुराकानीमा उनले रजिस्ट्रार पदका लागि कसैलाई पनि निषेध नगरिएको जवाफ दिए ।

संशोधित कार्यविधिअनुसार त केही सीमित बाहेक अन्यलाई निषेध गरिएको जस्तै भयो नि? भन्ने प्रश्नमा उनले कार्यविधिमा तोकिएको मापदण्ड अनुसार योग्यता पुगेका उम्मेदवारले उक्त पदमा दरखास्त दिनसक्ने जवाफ दिए । उपकुलपतिले खुला प्रतिस्पर्धा हुने दाबी गरे पनि पनि दफा ७ को (ग) र (घ) ले भने निश्चित व्यक्तिहरुको लागि मात्रै यो कार्यविधि तयार पारेको जस्तो देखिएको छ। 

प्रकाशित मिति: सोमबार, भदौ १, २०८३  २०:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कास्कीको किम्रुङ खोला पहिरोले थुनियो
रसुवा बाढीपीडितका लागि भायानेटको २० लाख सहयोग
रसुवा–भोटेकोशी बाढीपीडितलाई फरवार्ड माइक्रोफाइनान्सको ३० लाख सहयोग
सम्बन्धित सामग्री
कास्कीको किम्रुङ खोला पहिरोले थुनियो जिल्ला प्रहरी कार्यालय कास्कीबाट प्राप्त सूचनाका आधारमा नेपाल बाढी सूचना केन्द्रले मंगलबार बेलुकी ८:४० बजे उक्त क्षेत्रमा सतर्कता अप... मंगलबार, भदौ २३, २०८३
बाढी प्रभावित क्षेत्रमा आज दिनभर खोज तथा उद्धार : ८१ जनाको उद्धार, टनेलमा एक शव फेला नेपाली सेनाका अनुसार मंगलबार साँझ ७ बजेसम्म विभिन्न प्रभावित क्षेत्रबाट हवाई साधनमार्फत थप ८१ जनाको उद्धार गरिएको छ। योसँगै हालसम्म... मंगलबार, भदौ २३, २०८३
बाढी प्रभावित रसुवा र नुवाकोटमा हैजाविरुद्ध खोप अभियान, १ लाख २ हजार डोज पठाइँदै सरकारसँग मौज्दात रहेको हैजाविरुद्धको १ लाख २ हजार १२३ डोज खोप बाढी प्रभावित रसुवा र नुवाकोटमा पठाउन थालिएको प्रधानमन्त्री कार्यालयले... मंगलबार, भदौ २३, २०८३
ताजा समाचारसबै
कास्कीको किम्रुङ खोला पहिरोले थुनियो मंगलबार, भदौ २३, २०८३
रसुवा बाढीपीडितका लागि भायानेटको २० लाख सहयोग मंगलबार, भदौ २३, २०८३
रसुवा–भोटेकोशी बाढीपीडितलाई फरवार्ड माइक्रोफाइनान्सको ३० लाख सहयोग मंगलबार, भदौ २३, २०८३
बाढी प्रभावित क्षेत्रमा आज दिनभर खोज तथा उद्धार : ८१ जनाको उद्धार, टनेलमा एक शव फेला मंगलबार, भदौ २३, २०८३
इजरायलमा केयरगिभरका लागि खुल्यो एक हजार ४६४ लाई रोजगारी, मासिक तीन लाख तलब मंगलबार, भदौ २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
कुशको प्रतिमा बनाएर अन्त्येष्टिपछि बेपत्ता व्यक्ति जीवित भेटिए के हुन्छ ? मंगलबार, भदौ २३, २०८३
नेपाल लाइभको समाचारमा रास्वपाको स्पष्टीकरण– ‘रास्वपाले समाचार बुलेटिन चलाएको होइन, सूचना प्रसार गरेको हो’ सोमबार, भदौ २२, २०८३
कांग्रेस मिलाउन गगन देउवा पक्षको माग पूरा गर्न तयार छन् ? सोमबार, भदौ २२, २०८३
भोटेकोशी बाढी प्रभावित क्षेत्रको अनुगमनपछि मानव अधिकार आयोगले औंल्यायो त्रुटि नै त्रुटि सोमबार, भदौ २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
क्षणभरमै सत्ता खरानी हुन सक्छ भन्ने जेन्जी विद्रोहको सन्देश नभुलौँ नेपाल लाइभ
जेनजी आन्दोलनको एक वर्ष : परिवर्तन भयो त? नेपाल लाइभ
विपत्तिमा राजनीति होइन, उदार नीति प्रदर्शन गरौं डा.रुद्रनाथ अधिकारी
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो नरेन्द्र कटुवाल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्