काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका-१ स्याउलीथलीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ ।
प्रहरीका अनुसार सोमबार पनौती–तालढुंगा भित्री सडकखण्डअन्तर्गत स्याउलीथलीमा नम्बर नखुलेको जिप सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटना भएको हो । मृत्यु हुनेमा माझीका बुबा कलबबहादुर माझी र खानीखोला-२ की पातलीमाया मोक्तान रहेका छन् ।
जिपमा सवार खानीखोला-४ का ताराबहादुर माझीले भने हाम फालेर ज्यान बचाएका छन् । उनी सामान्य घाइते छन् । गम्भीर घाइतेको उद्धारका लागि हेलिकप्टर झिकाउन समन्वय भइरहेको खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द्रबाहादुर थिङले जानकारी दिए ।
उद्धारका लागि फलामेटार, तालढुंगा र ढुंखर्कबाट प्रहरी टोली घटनास्थलमा जाँदै गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी रविन विष्टले जानकारी दिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।