काठमाडौं– पृथ्वी राजमार्गको चितवन इच्छाकामना गाउँपालिका-५ कुरिनटार नजिक सिमलधारामा गएको सुख्खा पहिरोले गए रातिदेखि नै बाटो अवरूद्ध भएको छ।
रातिबाटै पहिरो सफा गरिरहेका कारण आज आइतबार बिहान छिट्टै सडक खुल्ने सम्भावना रहेको चितवन जिल्ला प्रहरी कार्यमलयले जनाएको छ।
प्रहरी कार्यालयका प्रवक्ता डिएसपी चन्द्र भुसन यादवले शनिबार राति साढे १० बजे तिर रूखसहितको सुख्खा पहिरो खस्दा बाटो दुई तर्फी रूपमा नै अवरूद्ध भएको जानकारी दिए।
बाटो अवरूद्ध भएसँगै नारायणगढ हुँदै काठमाडौं जाने आउने सबै खाले गाडी चलाउन रोक लागेको थियो। आइतबार बिहान सबेरै गाडीको जाम नारायणगढ आँपटारी क्षेत्रसम्मै आएको थियो।
सडक खुलेको सूचना नआउँदासम्म धैर्य गरेर सुरक्षित स्थानमा बस्न गाडी चालक र यात्रुलाई चितवन प्रहरीले अनुरोध गरेको छ। बाटो खुलेमा तछाड मछाड नगरी विस्तारै आ-आफ्नो लेनमा गाडी चलाउन प्रहरीले सुचित गरेको छ।
बाटो खुले लगत्तै एक अर्कालाई उछिन्ने होडले गाडी चलाउँदा थप जाम हुने गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।