• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, मंसिर ८, २०८३ Tue, Nov 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सिनेमा

रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन

64x64
नेपाल लाइभ शनिबार, साउन ३०, २०८३  ०७:०६
1140x725

काठमाडौं– अभिनेत्री तथा निर्देशक रेखा थापा निर्देशित चलचित्र ‘माया भनेकै यस्तो होला’को आधिकारिक टिजर सार्वजनिक भएको छ। चलचित्रको टिजर सार्वजनिक भएसँगै यसको कथावस्तु, कलाकारको भूमिकासँगै रेखा थापाको आठ वर्षपछिको निर्देशकीय पुनरागमनलाई लिएर नेपाली चलचित्र क्षेत्रमा चासो बढेको छ।

प्रेम, सम्बन्ध र सामाजिक परिवेशलाई केन्द्रमा राखेर निर्माण गरिएको चलचित्रको टिजरले दर्शकलाई भावनात्मक यात्रातर्फ डो¥याउने संकेत गरेको छ। चलचित्रको शीर्षकले नै प्रेमको अर्थ र सम्बन्धको वास्तविकतालाई प्रश्न गर्ने संकेत गर्छ। सार्वजनिक टिजरमा प्रेम केवल आकर्षण वा प्राप्तिको विषय नभएर सम्बन्ध, जिम्मेवारी, अपेक्षा र भावनासँग जोडिएको विषयका रूपमा प्रस्तुत गरिएको देखिन्छ।

‘माया भनेकै यस्तो होला’मा नेपाली चलचित्र क्षेत्रका अनुभवी कलाकारदेखि नयाँ पुस्ताका चर्चित अनुहारसम्मलाई एकैसाथ प्रस्तुत गरिएको छ। चलचित्रमा मदनकृष्ण श्रेष्ठ, दिल श्रेष्ठ, सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ र नीति शाह मुख्य भूमिकामा छन्। पूर्व मिस नेपाल सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ तथा पूर्व मिस नेपाल इन्टरनेसनल नीति शाहको मुख्य भूमिका चलचित्रको अर्को आकर्षण बनेको छ।

त्यस्तै, पूर्व मिस नेपाल उषा खड्गी पनि चलचित्रमा विशेष भूमिकामा देखिनेछिन्। यसरी सौन्दर्य प्रतियोगिताबाट परिचित कलाकारहरूलाई एउटै चलचित्रमा महत्वपूर्ण भूमिकामा प्रस्तुत गरिनुले पनि चलचित्रप्रति दर्शकको कौतूहल बढाएको छ।

चलचित्रमा लक्ष्मी गिरी, विशाल पहाडी, संगम भण्डारी, रवि डंगोल, सुनिता श्रेष्ठ र विनोद पौडेललगायत कलाकारको समेत अभिनय रहेको छ। नेपाली कला क्षेत्रका स्थापित कलाकार र समकालीन पुस्ताका लोकप्रिय अनुहारलाई एउटै कथामा समेटिएकाले चलचित्रको पात्र र प्रस्तुति पनि चासोको विषय बनेको छ।

निर्माण पक्षका अनुसार चलचित्रले सुमधुर प्रेमकथामार्फत सामाजिक भावना र परिवेशलाई चित्रण गर्नेछ। प्रेमलाई केवल व्यक्तिगत सम्बन्धका रूपमा नभई समाज, परिवार र मानवीय भावनासँग जोडेर प्रस्तुत गर्ने प्रयास गरिएको छ। यही कारण चलचित्रको टिजरमा देखिएका दृश्य र संवादले दर्शकलाई कथाको बाँकी पाटो जान्न उत्सुक बनाएको छ।

टिजरले चलचित्रको सम्पूर्ण कथा खुलाएको छैन। बरु पात्रहरूबीचको सम्बन्ध, प्रेम र त्यसबाट सिर्जना हुने भावनात्मक अवस्थाको केही झलक मात्रै प्रस्तुत गरिएको छ। यसले चलचित्रको कथालाई लिएर दर्शकमाझ अनुमान र कौतूहल बढाएको छ।

अभिनेत्री रेखा थापाका लागि भने ‘माया भनेकै यस्तो होला’ विशेष चलचित्र हो। उनी यस चलचित्रमार्फत करिब आठ वर्षपछि निर्देशनमा फर्किएकी हुन्। यसअघि उनले ‘हिम्मतवाली’ र ‘मालिका’ निर्देशन गरिसकेकी छन्। ती चलचित्रपछि लामो समय निर्देशनबाट टाढा रहेकी रेखाले ‘माया भनेकै यस्तो होला’मार्फत पुनः निर्देशकको भूमिकामा आफूलाई प्रस्तुत गरेकी हुन्।

Ncell 2
Ncell 2
nimb
nimb

रेखा थापा नेपाली चलचित्र क्षेत्रमा अभिनेत्रीका रूपमा लामो समयदेखि स्थापित नाम हुन्। अभिनयसँगै निर्देशनमा पनि आफ्नो पहिचान बनाएकी उनले यसपटक भने पर्दामा कलाकारका रूपमा प्रस्तुत नभई निर्देशनमा मात्र पूर्ण रूपमा केन्द्रित भएकी छन्। त्यसैले पनि उनका लागि यो चलचित्र अभिनयभन्दा निर्देशन क्षमताको परीक्षा बन्नेछ।

यसपटक रेखाले आफ्नै ब्यानर ‘रेखा फिल्मस्’भन्दा बाहिर आएर काम गरेकी छन्। चलचित्र ‘दिया एण्ड अमु फिल्म्स’को ब्यानरमा निर्माण भएको हो। यसले रेखाको स्थापित शैलीभन्दा फरक निर्माण वातावरणमा उनले कस्तो कथा र प्रस्तुति तयार गरेकी छन् भन्ने प्रश्न पनि जन्माएको छ।

चलचित्रका निर्माता हरि नारायण श्रेष्ठ र माया देवी श्रेष्ठ हुन्। पटकथा लेखनको जिम्मेवारी ध्रुव लम्सालले सम्हालेका छन्। चलचित्रको छायांकन सुदीप बरालले गरेका हुन्।

चलचित्रको प्रदर्शन मिति पनि तय भइसकेको छ। निर्माण पक्ष र वितरकबीचको आपसी सहमति तथा सम्झौताअनुसार ‘माया भनेकै यस्तो होला’ भदौ २६ गतेदेखि देशभरका सिनेमाघरमा प्रदर्शनमा आउनेछ।यसअघि निर्माण पक्षले चलचित्र तीजको अवसरमा प्रदर्शन गर्ने जानकारी दिएको थियो। पछिल्लो चरणमा वितरकहरूसँगको छलफलपछि भदौ २६ गते प्रदर्शन गर्ने औपचारिक निर्णय गरिएको हो। उक्त मिति तीजको विशेष अवसरसँगै कुशे औंसी अर्थात् बुबाको मुख हेर्ने दिनसँग पनि जोडिएको छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

चलचित्रको वितरणको जिम्मेवारी रिच इन्टरटेन्मेन्ट, एप्पल इन्टरटेन्मेन्ट र एफडी कम्पनीले लिएका छन्।

नेपाली चलचित्रमा प्रेमकथा नयाँ विषय होइन। तर एउटै विषयलाई फरक दृष्टिकोण र पात्रमार्फत कसरी प्रस्तुत गरिन्छ भन्ने कुराले चलचित्रको प्रभाव निर्धारण गर्छ। ‘माया भनेकै यस्तो होला’ले प्रेमसँग जोडिएका सामाजिक भावना, सम्बन्धका जटिलता र मानवीय संवेदनालाई कति प्रभावकारी रूपमा पर्दामा उतार्न सक्छ भन्ने कुरा चलचित्र प्रदर्शनपछि मात्र स्पष्ट हुनेछ।

टिजर सार्वजनिक भएपछि चलचित्रका कलाकारको भूमिकालाई लिएर पनि दर्शकको चासो बढेको छ। विशेषगरी पूर्व मिस नेपालहरूलाई महत्वपूर्ण भूमिकामा प्रस्तुत गरिनु चलचित्रको चर्चाको एउटा महत्वपूर्ण कारण बनेको छ।

अर्कोतर्फ, मदनकृष्ण श्रेष्ठजस्ता वरिष्ठ कलाकारको उपस्थितिले चलचित्रमा अनुभवको पक्ष थपेको छ। नयाँ पुस्ताका कलाकार र अनुभवी कलाकारको संयोजनले कथालाई कस्तो रूप दिएको छ भन्ने कुरा पनि दर्शकका लागि प्रतीक्षाको विषय बनेको छ।

सार्वजनिक टिजरले चलचित्रको भावनात्मक पक्षलाई प्राथमिकता दिएको देखिन्छ। प्रेम, सम्बन्ध, अपेक्षा र सामाजिक परिवेशबीच पात्रहरू कसरी अघि बढ्छन् भन्ने प्रश्न टिजरले खुला छाडेको छ। यही अधुरोपनले दर्शकलाई चलचित्रको पूरा कथा हेर्न उत्साहित बनाउने अपेक्षा गर्न सकिन्छ।

‘माया भनेकै यस्तो होला’ अब रेखा थापाको आठ वर्षपछिको निर्देशनमा फर्किएको चलचित्र मात्र होइन, प्रेम र सम्बन्धलाई नयाँ ढंगले प्रस्तुत गर्ने दाबी गरिएको चलचित्रका रूपमा पनि प्रतीक्षामा छ। भदौ २६ गतेदेखि प्रदर्शनमा आउने चलचित्रले दर्शकको अपेक्षा कति पूरा गर्छ र रेखा थापाको निर्देशकीय पुनरागमनलाई कति सार्थक बनाउँछ, त्यसको फैसला भने पर्दामा चलचित्र हेरेपछि हुनेछ।

प्रकाशित मिति: शनिबार, साउन ३०, २०८३  ०७:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
६० एसपीको सरुवा : १७ जिल्लामा नयाँ प्रहरी प्रमुख, को कहाँ पुगे ? (सूचीसहित)
अमेरिकी कार्यवाहक राजदूतले किन भेटिन् प्रहरी आइजीपी ?
रशिदको पाँच विकेट खेर गयो, पाकिस्तानसँग ९६ रनले हार्दै नेपाल प्रतियोगिताबाट बाहिरियो
सम्बन्धित सामग्री
नेपालमा ‘रामायण’ ले कमायो २५ करोड विश्वभर आक्रामक कमाइ गरिरहेको फिल्मलाई नेपालमा समेत दर्शकको साथ प्राप्त भएको छ । उक्त अवधिमा फिल्मको ६ लाख ४० हजार बढी टिकट बिक्री भ... शनिबार, मंसिर ५, २०८३
नेपाली निर्देशक नितिन चन्दको हिन्दी गीत अस्ट्रेलियाका सामुदायिक टेलिभिजन संजालमा प्रसारण हुने नेपाली समुदायमा मात्र सीमित नरही अस्ट्रेलियाका बहुसांस्कृतिक दर्शकमाझ समेत पुग्ने यो प्रसारणले नेपाली मूलका कलाकार र सर्जकलाई अन्तर्... बुधबार, मंसिर २, २०८३
हास्य कलाकार मनोज गजुरेलले मागे माफी धेरै कलाकार र प्राविधिकको मेहनतबाट  चलचित्र बन्ने भएकाले कुनै एउटा प्रक्रिया वा शैलीका आधारमा समग्र सिर्जनाको मूल्याङ्कन नगरिदिन आग्... आइतबार, कात्तिक २९, २०८३
ताजा समाचारसबै
६० एसपीको सरुवा : १७ जिल्लामा नयाँ प्रहरी प्रमुख, को कहाँ पुगे ? (सूचीसहित) मंगलबार, मंसिर ८, २०८३
अमेरिकी कार्यवाहक राजदूतले किन भेटिन् प्रहरी आइजीपी ? मंगलबार, मंसिर ८, २०८३
रशिदको पाँच विकेट खेर गयो, पाकिस्तानसँग ९६ रनले हार्दै नेपाल प्रतियोगिताबाट बाहिरियो मंगलबार, मंसिर ८, २०८३
मापदण्डविपरीत चर्को आवाजमा बाजा नबजाउन रुपन्देही प्रशासनको अनुरोध, सात जना पक्राउ मंगलबार, मंसिर ८, २०८३
सुदन र सुनिलबाहेक प्रधानमन्त्री बालेनले अर्थमन्त्री र परराष्ट्रमन्त्रीसँग खिचेको फोटोको अर्थ के हो? मंगलबार, मंसिर ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मोदी र बालेनबीच भएको आठ बुँदे समझदारीमा के के छन् ? सोमबार, मंसिर ७, २०८३
टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु मंगलबार, मंसिर ८, २०८३
दानबहादुर कार्कीको रिटको सुनुवाई स्थगित सोमबार, मंसिर ७, २०८३
कर्णालीमा राष्ट्रिय खेलकुदको रौनक, ११ टोलीका खेलाडी मैदानमा मंगलबार, मंसिर ८, २०८३
सुदन र सुनिलबाहेक प्रधानमन्त्री बालेनले अर्थमन्त्री र परराष्ट्रमन्त्रीसँग खिचेको फोटोको अर्थ के हो? मंगलबार, मंसिर ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन–मोदी भेटमा सुरक्षा सल्लाहकार अथवा खुफिया संस्थाका मुख्य पात्रहरुको चहलपहल नदेखिनुको अर्थ नेपाल लाइभ
दिल्लीमा बालेनको क्रेज : मोदीसँग तुलना, भारतीय युवामा नयाँ राजनीतिक अनुहारको आकर्षण नेपाल लाइभ
प्रधानमन्त्री बालेनको भारत भ्रमणको ‘स्ट्रकचरल एनालाइसिस’ नेपाल लाइभ
प्रधानमन्त्रीको भारत भ्रमण : ठोस नतिजाको अपेक्षा धर्मेन्द्र झा
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
बसबरिया गाउँपालिकाका अध्यक्ष पक्राउ बुधबार, मंसिर २, २०८३
आईजीपी पुनर्बहालीका लागि सर्वोच्चको इजलासमा बहस, दानबहादुर कार्कीलाई आजै काममा फर्काउने आदेश गर्न वरिष्ठ अधिवक्ताहरूको जोडबल बुधबार, मंसिर २, २०८३
मोदी र बालेनबीच भएको आठ बुँदे समझदारीमा के के छन् ? सोमबार, मंसिर ७, २०८३
आईजीपी विवाद :  प्रहरी महानिरीक्षक बढुवासम्बन्धी रिटको शब्दावली सर्वोच्चबाट संशोधन शुक्रबार, मंसिर ४, २०८३
गृहमन्त्रीकी आमाको भिडिओ सार्वजनिक गर्ने युट्युबर पक्राउ बुधबार, मंसिर २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्