काठमाडौं। प्रहरीले पक्राउ गरिएका पत्रकार किशोर श्रेष्ठलाई बिहीबार म्याद थप गर्ने तयारी गरेको छ।
उपत्यका अपराध अनुसन्धान कार्यालय, जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले जनआस्था साप्ताहिकका सम्पादक तथा प्रकाशक श्रेष्ठलाई ललितपुरको कुसुन्तीबाट बुधबार पक्राउ गरेको थियो।
श्रेष्ठविरूद्ध वैयक्तिक गोपनीयता सम्बन्धी ऐन २०७५ को कसुर गरेको आरोप छ। उक्त कसुरमा परिसरले जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति लिएको थियो। सोही अदालतबाट म्याद थप गर्ने तयारी भएको प्रहरी स्रोतले जानकारी दिएको छ।
प्रहरीले बिहीबार बिहान ललितपुरकै झम्सीखेलस्थित ठाडोढुंगामा रहेको उनको जनआस्था कार्यालयमा खानतलासी समेत गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।