काठमाडौं– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले देशभरका सरकारी निकायमा निवेदनको ढाँचा एकरूप बनाउने भएको छ।
कार्यालयले ‘सरकारी कार्यालयमा प्रयोग हुने निवेदनको ढाँचा तथा सोको कार्यान्वयन मार्गदर्शन, २०८३’ स्वीकृत गर्दै कार्यान्वयनका लागि निर्देशन दिएको हो।
नयाँ व्यवस्थासँगै नागरिकले कार्यालयअनुसार फरक–फरक ढाँचामा निवेदन लेख्नुपर्ने झन्झट र अन्योल हट्ने अपेक्षा गरिएको छ।
अब सरकारी कार्यालयमा निवेदनका लागि देशभर एउटै निश्चित ढाँचा प्रयोग हुनेछ।
यसले सार्वजनिक सेवा प्रवाहलाई थप सरल, सहज र नागरिकमैत्री बनाउने सरकारको विश्वास छ।
साथै, परम्परागत कागजी प्रक्रियालाई क्रमशः डिजिटल माध्यम, अनलाइन सेवा तथा मोबाइल एपमा रूपान्तरण गर्दै ‘डिजिटल नेपाल’ को अवधारणालाई थप बल पुग्ने अपेक्षा गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।