सल्यान– वर्ल्ड लिंक कम्युनिकेसनद्वारा सञ्चालित इन्टरनेट सेवाको टावरमा सोमबार राति तोडफोड भएको छ। वर्ल्ड लिंक इन्टरनेटको कपुरकोट–३ मूलाबारीको रिपिटर टावरमा तोडफोड गरी अज्ञात समूहले महत्वपूर्ण सामान चोरी गरेपछि वर्ल्ड लिंकको इन्टरनेट सेवा अवरुद्ध भएको छ।
_x000D_
_x000D_
टावरमा क्षति भएपछि सल्यान, दाङ, रुकुम, रोल्पा, अर्घाखाँची, जाजरकोटलगायत जिल्लामा वर्ल्ड लिंकको इन्टरनेट सेवा अवरुद्ध भएको छ। दसैं मनाउन चौकीदार घर गएको मौका छोपी अज्ञात समूहले टावरभित्र छिर्ने ढोका फोडेर महत्वपूर्ण तार काटी रेडियो उपकरण झिकेर लगेको कम्पनीका सल्यान प्रतिनिधि सनतकुमार शर्माले जानकारी दिए।
_x000D_
_x000D_
घटनाबारे इलाका प्रहरी कार्यालय कपुरकोटले अनुसन्धान गरिरहेको जनाइएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।