काठमाडौं– सुन तस्करी गरेको अाराेपमा गैरआवासीय नेपाली संघ (एनआरएन)का मध्यपूर्व संयोजक राजेन्द्रकुमार शर्मा कतारमा पक्राउ परेका छन्। कतार प्रहरीले आरके शर्माको नामले परिचित गैरआवासीय नेपालीलाई पक्राउ गरेको हो।
_x000D_
_x000D_
पेगोन इन्जिनियरिङ कम्पनीको सञ्चालकसमेत रहेका शर्मालाई कार्यालयबाट घर फर्किंदै गर्दा पक्राउ गरेको दूतावासले जनाएको छ। शर्मामाथि कतार प्रहरीले तस्करीको बारेमा अनुसन्धान गरिरहेकोले विस्तृत आउन बाँकी रहेको दूतावासले जनाएको छ।
_x000D_
_x000D_
गैरआवासीय नेपाली संघका प्रवक्ता भुषण घिमिरेले शर्मामाथि लागेको आरोपको पुष्टि भइनसकेको बताए। शर्मा पक्राउ परेको अघिल्लो दिन कतारमा भएको सांगितिक कार्यक्रममा प्रस्तुत गरिएको नाटकका कारण पनि शर्मा पक्राउ परेको हुनसक्ने आशंका गरिएको उनले बताए।
_x000D_
_x000D_
मनोरञ्जनात्मक कार्यक्रममा कतारीले नेपाली कामदारमाथि गरेको दुव्यर्वहार नाटकमा प्रस्तुत गरेको बताइएको छ। उक्त कार्यक्रमको प्रमुख अतिथि शर्मा बनेका थिए।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।