कपिलवस्तु– कपिलवस्तुको कृष्णनगरमा जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले सोमबार साँझ ५ बजेदेखि लगाएको कर्फ्यू हटाएको छ।
_x000D_
_x000D_
आज बिहान ६ बजेदेखि दिउँसो १२ बजेसम्मका लागि कर्फ्यू हटाइएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ।
_x000D_
_x000D_
दुर्गा मूर्ति विसर्जनका क्रममा स्थानीय हिन्दु समुदाय र मुस्लिम समुदायबीच विवाद बढेपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यू लगाएको थियो।
_x000D_
_x000D_
कर्फ्यू हटेपछि भारतीय सीमावर्ती कृष्णनगरको जनजीवन सामान्य बन्दै गएको छ। शनिबारदेखि बढेको विवाद आजदेखि सामान्य बनेको हो। शनिबार विवादले झडपका रुप लिँदा प्रहरी हवाई फाइरसमेत गरेको थियो। प्रहरीको कडा सुरक्षाका बीच दुर्गा पूजाको मूर्ति विसर्जन गरिएको थियो।
_x000D_
_x000D_
प्रशासनले कर्फ्यू कृष्णनगर बजारको दक्षिण क्षेत्र नेपाल–भारत दशगजा, उत्तरतर्फ कृष्णनगर–१ शिवानगरको बढाया पोखरी क्षेत्र, पूर्व सेमरा गाउँ र पश्चिम सिर्सिहवा चोकसम्म लगाउने निर्णय गरेको थियो। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।