एजेन्सी– दक्षिण अमेरिकी राष्ट्र पेरुमा एउटा सानो विमान दुर्घटना हुँदा त्यसमा सवार १३ जनाको मृत्यु भएको छ ।
स्थानीय मिडिया रिपोर्टअनुसार पेरुका अधिकारीहरूले दुर्घटनामा विमानमा रहेका चालक दलका सदस्यसहित सबै जनाको मृत्यु भएको जानकारी दिएका छन् ।
सेसना क्याराभान सी– २०८ विमान दक्षिणी पेरुस्थित विश्वप्रसिद्ध नाज्का लाइन्समाथिबाट उडान भरिरहेको थियो । सोही क्रममा विमान अचानक दुर्घटनामा परेको हो । विमानमा ११ जना पर्यटक र दुई जना चालक दलका सदस्य सवार थिए ।
पेरुको सरकारी समाचार एजेन्सीका अनुसार मृत्यु हुनेमा दुई जना जर्मन, दुई जना स्पेनिस र सात जना इटालियन पर्यटक रहेका छन् ।
विमान दुर्घटनाको कारण भने अझै पत्ता लागिसकेको छैन ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।