राजविराज– सप्तरीमा फेरि एक १४ वर्षीया बालिका बलात्कारको सिकार भएकी छिन्।
_x000D_
_x000D_
खडक नगरपालिका–९ लालपट्टिकी १४ वर्षीया बालिकालाई छिमेकी ३५ वर्षीय दिलीप कुमार दासले बलात्कार गरेको प्रहरीले जनाएको छ।
_x000D_
_x000D_
दासले सोमबार दिउँसो बालिकालाइ जबरजस्ती आफ्नै घरमा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ। उनलाई सोमबारै पक्राउ गरिएको छ।
_x000D_
_x000D_
बालिकाको स्वास्थ्य परिक्षण तथा उपचार भइरहेको डिएसपी भावेश रिमालले बताए।
_x000D_
_x000D_
यसअघि गत असोज २६ गते डाक्नेश्वरी नगरपालिका–२, पातोकी १४ वर्षीया बालिका आफ्नै छिमेकी युवाबाट तथा खडक नगरपालिका ८ की ७० वर्षीया वृद्धा पनि बलात्कारकोे सिकार भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।