काठमाडौं– नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने अष्ट्रेलियाको बिग बास लिगमा खेल्ने भएका छन्। १८ वर्षीय क्रिकेटर लामिछानेले दुई सत्रमा रहेर बिग बास लिग (बिबिएल)मा सहभागिता जनाउने इएसपिएन क्रिकइन्फोले लेखेको छ।
_x000D_
_x000D_
उनी मेलबर्न स्टार्ससँग आवद्ध भएका हुन्। उनी पहिलो सत्रमा आगामी डिसेम्बर १० मा मेलवर्न टिममा सहभागी हुनेछन्। सिजनकै दौरानमा बंगलादेश प्रिमियर लिग (बिपिएल)मा सहभागी हुन उनी जनवरी ५ मा बंगलादेश फर्किनेछन्। बिपिएलको समाप्तीपछि उनी पुनः अष्ट्रेलिया फर्किने बताइएको छ।
_x000D_
_x000D_
बिबिएलमा उनको पारिश्रमिकका विषयमा भने अझै टुंगो लागिसकेको छैन। बिपिएलका कारण पुरा खेल खेल्न नपाउने हुँदा सन्दीपले ६० हजार डलरसम्म पाउनसक्ने बताइएको छ। यदि बिग बासमा सन्दीपले सोही रकम पाएका यो नै उनले हालसम्म प्राप्त गरेको सर्वाधिक पारिश्रमिक हुनेछ।
_x000D_
_x000D_
गत जनवरीमा चर्चीत इन्डियन प्रिमियर लिग (आइपिएल)मा छनोट हुने पहिलो नेपाली क्रिकेटर बनेका सन्दीपले त्यसपछि भने आफ्नो अन्तर्राष्ट्रिय क्रिकेट करियरमा पछाडि फर्केर हेर्नुपरेको छैन। आइपिएलमा दिल्ली डेयरडेभिल्सबाट खेलेपछि उनले क्यारेबियन प्रिमियर लिग(सिपिएल), ग्लोबल टि–२० क्यानडा, बिपिएल हुँदै हाल बिबिएलसम्मको पनि यात्रा तय गरेका हुन्।
_x000D_
_x000D_

_x000D_
_x000D_
बिग बास लिगमा सहभागीता जनाउने उनी एसोसियट राष्ट्रका पहिलो क्रिकेटरसमेत बनेका छन्। यसअघि नै सन्दीपसँग सन् २०१६ मा अष्ट्रेलियाको श्रेणीगत क्रिकेट(ग्रेड क्रिकेट) खेलिसकेको अनुभव छ। सो क्रममा उनलाई अष्ट्रेलियाका पूर्व कप्तान माइकल क्लार्कले प्रशिक्षण दिएका थिए।
_x000D_
_x000D_
बिपिएलमा सिलेट सिक्सर्समा अनुबन्धित भएका सन्दीपको बलिङमाथि पाकिस्तानी तीब्र गतिका बलर वकार युनिसले ‘गाइड’ गर्नेछन्। युनिस हाल सिलेट सिक्सर्सका प्रशिक्षक हुन्।
_x000D_
_x000D_
‘विकेट लिने सवालमा म सधैं युवा खेलाडी र त्यसमाथि राम्रा लेग स्पिनरको पक्षमा हुन्छु।’, इएसपिएन क्रिकइन्फोसँगको कुराकानीमा युनिसले भने, ‘सन्दीपको खेललाई मैले सन् २०१७ को सुरुदेखि नै नियालिरहेको छु। मलाई यो पनि थाहा थियो कि उसलाई मौका दिनुपर्छ। हामीले उनलाई बिपिएलको अघिल्लो सिजनमै अनुबन्ध गर्न खोजेका थियौं। तर, नेपाली राष्ट्रिय टिमबाट खेल्नुपर्ने भएपछि उनी आउन सकेका थिएनन्।’
_x000D_
_x000D_
युनिसले सन्दीप विशेष र फरक क्षमताको खेलाडी भएको दाबी गरे। भने, ‘उनीसँग क्षमता, विश्वास, लगाव र खेलमा कुनैपनि बेला फरक पार्नसक्ने भोक छ। जसले उनलाई पुरा प्याकेजजस्तो बनाएको छ।’
_x000D_
_x000D_
सन्दीप पहिलो पटक सन् २०१६ मा भएको १९ वर्षमुनिको विश्वकपबाट विश्व क्रिकेटमा उदाएका थिए। बंगलादेशमा भएको सो प्रतियोगितामा सन्दीप १४ विकेट लिँदै सबैभन्दा बढी विकेट लिनेको दोस्रो नम्बरमा उभिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।