गौर– रौतहट, बारा र सिम्रौनगढ नाकाबाट भारतीय नम्बर प्लेटको एक मोटरसाइकलसहित करीब २ लाख ५० हजार रुपैयाँ बराबरको कपडा सशस्त्र प्रहरीले बरामद गरेको छ।
_x000D_
_x000D_
भारतबाट भन्सार छली बाराको कर्चोवा नाका हुँदै रौतहटको सीमा भएर ल्याइँँदै गरेको तयारी कुर्तासल्वार, पेन्टी, सुट र अन्य कपडा आज बिहान रौतहट सशस्त्र प्रहरी सरमुज्वाले बरामद गरेको हो।
_x000D_
_x000D_
सशस्त्र प्रहरी निरीक्षक सुवास भट्टराईको नेतृत्वमा गएको प्रहरी गस्ती टोलीले रौतहटको मौलापुर नगरपालिका–८, सगैया पिपरिया टोलबाट भारतीय मोटरसाइकलसहित कपडा बरामद गरेको थियो। बरामद गरेको कपडा र मोटरसाइकल आवश्यक कारबाहीका लागि आज गौर भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी निरीक्षक भट्टराईले बताए।
_x000D_
_x000D_
चाडपर्वको मौका छोपी बारा, पर्सा, रौतहटलगायत जिल्लामा तस्करी फस्टाएको छ। सीमापारिबाट भारतीय मालसामान नेपाल भित्र्याउन रौतहटका बेलबिछवा, गौर भन्सार, महादेवपट्टि, बञ्जरहा, औरैया र रामपुरखाप, बाराका कचोर्वा, सिम्रौनगढ खजानी, बेलदारी, कवहीगोढ, मटीअर्वा र मुसहरवा तथा पर्साका इनार्वा, अयैब, भिखम्पुर, सिमरा, सुख्खा बन्दरगाहलगायत नाकाबाट तस्करी हुन थालेपछि नियन्त्रण गर्न निर्देशन दिइएको मध्यक्षेत्रीय प्रहरी कार्यालय बर्दिबासका सशस्त्र प्रहरी नायब महानिरीक्षक कवीन्द्रमान श्रेष्ठले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।