काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रवक्तामा नेता नारायणकाजी श्रेष्ठलाई निरन्तरता दिने भएको छ।
_x000D_
_x000D_
पार्टी नेतृत्वसँग असन्तुष्टि जनाउँदै नेता श्रेष्ठले तीन महिनाअघि प्रवक्ता पदबाट दिएको राजीनामा सोमबार पार्टीको केन्द्रीय सचिवालय बैठकले अस्वीकृत गरेको हो।
_x000D_
_x000D_
गत साउनमा अनशनरत डा गोविन्द केसीलाई भेटर उनको आन्दोलनमा समर्थन जनाएको भन्दै अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले स्पष्टिकरण लिएपछि श्रेष्ठले तत्कालै प्रवक्ता पदबाट राजिनामा दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।