सुर्खेत– दैलेखबाट सुर्खेततर्फ आउँदै गरेको जीप दुर्घटना हुँदा ३२ जना घाइते भएका छन्। बा५ख ६२०५ नम्बरको फोर्स जिप वीरेन्द्रनगर–१३ गजेरी नजिक दुर्घटना हुँदा ३२ जना घाइते भएका हुन्। घाइतेमध्ये ५ जनाकाे अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
_x000D_
_x000D_
जीप सडकबाट करिब १५ मिटर तल खसेको छ। घाइतेहरुको क्षेत्रीय अस्पताल सुर्खेत र स्थानीय देउती नर्सिङ होममा उपचार भइरहेको छ।
_x000D_
_x000D_
जीपका चालक भने फरार छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।