मानिसले खाएको खाना शरीरभित्र ग्लुकोजमा परिवर्तन हुन्छ । मानव शरीरको प्रमुख शक्तिको स्रोत ग्लुकोज हो । शक्ति शरीरभित्र रहेका सेल्स (कोशिकाहरु) भित्र हुन्छ । ग्लुकोजलाई रगतबाट कोशिकाभित्र प्रवेश गराउने काम इन्सुलिन नामक हर्मोनले गर्छ । इन्सुलिन पेटको प्यान्क्रियाज भन्ने ग्रन्थीले उत्पादन गर्छ । यो ग्रन्थी रोगग्रस्त भएको अवस्थामा पर्याप्त मात्रामा इन्सुलिन उत्पादन हुन सक्दैन । फलस्वरुप ग्लुकोज कोशिकाहरुभित्र प्रवेश गर्न नसकी रगतमै थुप्रिएर बढ्दै जान्छ र पिसाबबाट बाहिर निस्कन्छ थाल्छ।
_x000D_
_x000D_
यसले गर्दा शक्ति उत्पादनमा प्रयोग हुनुपर्ने ग्लुकोज त्यत्तिकै खेर जान थाल्छ । यो अवस्थामा रगतमा ग्लुकोजको मात्रा अत्याधिक बढेको हुन्छ भने कोशिकाहरुमा शक्तिको उत्पादन हुन नसकेर शरीर कमजोर हुँदै जान्छ । यही अवस्थालाई डायविटिज वा मधुमेह भनिन्छ । यसरी रगतमा ग्लुकोजको मात्रा बढ्दै गएपछि मुख सुक्ने, बढी तिर्खा लाग्ने र धेरै पिसाब लाग्ने जस्ता लक्षण देखिन थाल्छन् । पिसाबमा ग्लुकोज जान थालेपछि दुब्लाउदै जाने, भोक बढी लाग्ने, हातखुट्टा झमझम गर्ने जस्ता लक्षण देखिन थाल्छन् ।
_x000D_
_x000D_
मधुमेहबाट बच्ने उपाय
_x000D_
_x000D_
१ शरिरको तोैल सन्तुलित राख्ने
_x000D_
२ चिनीजन्य परिकार कम खाने
_x000D_
३ चिल्लो कम खाने, चाहिने भन्दा बढि खाना नखाने
_x000D_
४ धेरै गुलिया फलफूल कम खाने
_x000D_
५ पेय पदार्थ नखाने
_x000D_
६ फ्राइ तथा पोलेका परिकार कम खाने
_x000D_
७ धुम्रपान–मद्यपान नगर्ने
_x000D_
८ नियमित व्यायाम गर्ने
_x000D_
_x000D_
मधुमेहका लक्षण
_x000D_
_x000D_
१ प्यास बढी लाग्ने
_x000D_
२ पिसाब बढी हुने
_x000D_
३ भोक बढी लाग्ने
_x000D_
४ दुब्लाउने
_x000D_
५ आँखाको दृष्टिमा खराबी
_x000D_
६ घाउ निको नहुने
_x000D_
७ हातखुट्टा झमझम गर्ने
_x000D_
८ पिसाब फरेको ठाउँमा कमिला लाग्ने
_x000D_
_x000D_
डा. कार्की वीर अस्पतालका मधुमेह तथा थाइराइड रोग विशेषज्ञ हुन्
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।