काठमाडौं– चीनमा संसारकै सबैभन्दा लामो पुल बनाएको छ। ५५ किलोमिटर लम्बाईको उक्त पुलले चीनका स्वशासित क्षेत्र हङकङ र मकाओलाई चीनको मूख्य शहर झुहाईसँग जोड्नेछ।
_x000D_
_x000D_
यो पुल हालसम्म संसारमा रहेका सामुद्रिक पुलमध्ये सबैभन्दा लामो हो। ९ वर्ष लगाएर उक्त पुल निर्माण गरिएको हो। पुल निर्माणमा २० अर्ब डलर खर्च भएको जनाइएको छ।
_x000D_
_x000D_
राष्ट्रपति सि जिन पिङले भोलि (मंगलबार) उक्त पुलको उद्घाटन गर्ने कार्यक्रम छ। उद्घाटनपश्चात् बुधबारदेखि मात्रै सवारी साधनका लागि पुल खुला गरिने चिनियाँ अधिकारीहरुले बताएका छन्।
_x000D_
_x000D_
खासगरी दक्षिणी क्षेत्रका ११ वटा शहर र ५६ हजार वर्गकिलोमिटर क्षेत्रको विशाल सामुद्रिक क्षेत्रलाई समेट्नेगरी चीनले तयार गरेको योजनाको एउटा महत्वपूर्ण कडीका रुपमा यो पुललाई लिइएको छ।
_x000D_
_x000D_

_x000D_
_x000D_
पुल निर्माण हुँदा तीन वटा शहर घुम्न लाग्ने समय आधा घन्टादेखि ३ घन्टासम्म छोट्टिने छ। यसले पर्यटकलाई थप सहज हुने छ। पुलका कारण हङकङ र मकाओमा समेत पर्यटक आगमन बढ्ने दाबी गरिएको छ।
_x000D_
_x000D_
पुल निर्माणमा ४ लाख टन स्टिल प्रयोग गरिएको छ। पुलले ८ म्याग्निच्युडसम्मको भूकम्प थेग्नेछ।
_x000D_
_x000D_
यद्यपि, हङकङमा भने पुलका विषयमा व्यापक आलोचना भइरहेको छ।
_x000D_

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।