जनकपुरधाम– जनकपुर ढल्केवर सडकखण्डअन्तर्गत मुजेलियामा आज बिहान एक ट्याक्टरले स्कुटरलाई ठक्कर दिँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ।
_x000D_
_x000D_
मुजेलिया इलाका प्रहरी कार्यालयका प्रमुख सुरेन्द्र यादवका अनुसार उत्तरबाट जनकपुरधाम आउँदै गरेको ज२त ११३ नंको ट्याक्टरले हिरो होन्डा शो रुम अगाडिबाट मुजेलियातर्फ जाँदै गरेको ज९प ६१३३ नंको स्कुटर चालक जनकपुरधाम उपहानगरपालिका– १० देवी चोककका ३० वर्षीय सन्दीप नायकलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको थियो।
_x000D_
_x000D_
स्कुटरको पछाडि बसेका राकेश गम्भीर घाइते भएका र उनको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ। ट्याक्टर चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।