गोरखा– भीरमौरीको मह झिक्न जाँदा भीरबाट लडेर एक व्यक्तिको मुत्यु भएको छ।
_x000D_
_x000D_
जिल्लाको बारपाक गाउँपालिका–२ बारपाकका ५९ वर्षीय जीतबहादुर घलेको भिरबाट लडेर आइतबार मुत्यु भएको स्थानीय नवीन घलेले जानकारी दिए।
_x000D_
_x000D_
छोरा गिर्जा घलेलाई लिएर कुम्र्याह भीरमा मह भिक्न हिँडेका घले मह भिक्दै गर्दा एक्कासि चिप्लिएर भीरबाट खसेको मृतकका छोरा गिर्जा घलेकोे भनाइ उद्धृत गर्दै उनले बताए।
_x000D_
_x000D_
'बाबु चिप्लिएर खसे पछिसँगै भीरमा मह झिक्न पुगेका छोरा गिर्जा घलेले स्थानीयलाई खबर गरे, गाउँका सबै मान्छे खोजतलास गर्न पुग्याैँ,' घलेले भने, 'करिब तीन/चार घण्टापछि बल्ल मृतावस्थामा उनलाई फेला पार्यौँ।' घले भीरबाट खसेर बेपत्ता भएको जानकारी पाएपछि बारपाक बजारदेखि करिब डेढ किलोमिटरको दूरीमा पर्ने उक्त भीरमा गाउँले सबै उनलाई खोज्न पुुगेका थिए।
_x000D_
_x000D_
भीरबाट करिब पाँच मिटर तल खसेको अवस्थामा गाउँलेले घलेलाई मृत फेला पारेको स्थानीयको भनाइ छ। उनको शरीर पूर्णरुपमा क्षतविच्छेद अवस्थामा फेला पारेको घलेले बताए। कुम्र्याह भीर अत्यन्तै जोखिमपूर्ण भए पनि त्यस क्षेत्रका मानिस जोखिम मोलेर भीरमौरीको मह झिक्न जाने गरेका छन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।