• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

रास्वपा महाधिवेशन : डीपीलाई 'मिस गरिरहेको' चितवन

64x64
नेपाल लाइभ सोमबार, असार ८, २०८३  १७:१५
1140x725

चितवनको रत्ननगर यतिबेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशनको उत्साहले भरिएको छ। देशभरबाट आएका प्रतिनिधि, नेतृत्व चयनको बहस, राजनीतिक प्रस्तावमाथिको छलफल र भविष्यको रोडम्याप तय गर्ने तयारीबीच पार्टी एउटा ऐतिहासिक मोडमा उभिएको छ।

महाधिवेशनस्थलमा हजारौं कार्यकर्ता, नेता र शुभेच्छुकको बाक्लो उपस्थिति छ। सभापति रवि लामिछानेदेखि पार्टीका शीर्ष नेताहरूको सक्रियता देखिन्छ। तर यो सबै चहलपहल र उत्साहबीच एउटा अनुहारको अभाव कार्यकर्ताले महशुस गरिरहेका छन्- डोलप्रसाद (डिपी) अर्याल।

पार्टीका धेरै नेता–कार्यकर्ताका लागि यो महाधिवेशन नेतृत्व चयनको प्रक्रिया मात्र होइन, पहिलो महाधिवेशन भएकाले भावनासँग समेत गाँसिएको छ। त्यही भावनाले संस्थापक नेता तथा वर्तमान सभामुख अर्याललाई सम्झाएको हो। 

कर्णाली प्रदेशकी संस्थापक सदस्य अभि सुवेदी आचार्य सभापति रविलामिछाने र पूर्व उपसभापति अर्याललाई राम र लक्ष्मणको संज्ञा दिन्छिन्। पहिलो तथा ऐतिहासिक महाधिवेशनमा उहाँ मञ्चमा नदेख्दा केही खालीपन महशुस भएको उनले बताइन्। उनले भनिन्,  ‘म पार्टीमा उहाँसँग कुरा गरेर नै जोडिएकी हुँ । उहाँको कुराबाट प्रभावित भएर कर्णालीमा संगठन बनाएँ। पार्टीलाई यो अवस्थासम्म ल्याउन उहाँले ठूलो भूमिका खेल्नुभएको छ। त्यो नेता परिस्थितिले यहाँ भेट्न नपाउँदा खल्लो महशुस म जस्ता धेरैलाई भएको छ।‘

IMG_1087-1782104654.jpeg
 

डीपीलाई रास्वपा वृत्तभित्र धेरैले उनलाई स्नेहपूर्वक ‘आमा’को उपमा दिने गरेको सुदूरपश्चिमबाट आएका एक प्रतिनिधि धर्मराज जोशी बताउँछन्। उनले भने,  ‘म सभापति रवि लामिछाने, सचिवालय सदस्य दिपक बोहरासहित उहाँलाई पार्टी खोल्नुभन्दा अघिदेखि चिन्छु । उहाँ पार्टीभित्र पदभन्दा बढी सम्बन्ध, समन्वय र भरोसाको केन्द्रका रूपमा हुनुहुनथ्यो।‘

पार्टीको संस्थापक नेता मञ्चमा नदेखिदा केही न केही खालीपन महशुस भएपनि सभामुख जस्तो सम्मानित पदमा पुगेको कार्यकर्तामा खुशी पनि उत्तिकै देखिन्छ।

महाधिवेशनमा भेटिएका लमजुङका विजय रञ्जन पौडेल भन्छन्, ‘पोखरा होस् वा बुटवल, जहाँ कार्यक्रममा गयो त्यहाँ डिपी सरको मुस्कान र कार्यकर्तालाई उत्साहित बनाउने शैली देखिन्थ्यो। आज उहाँ यहाँ नहुँदा खालीपन महसुस भएको छ।‘

Ncell 2
Ncell 2
nimb
nimb

केन्द्रीय प्रवास नेपाली सम्पर्क विभागका सदस्य सागर रिजालका लागि डिपी अर्याल त्यो नेता हुन्, जसलाई विश्वास गरेर उनी दुई दशकको जापान बसाइपछि नेपाल फर्किए।

DP-and-Rabi-1782127439.JPG
 

‘उहाँ र रवि दाइले पार्टी निर्माण गरिरहँदा हामीले एउटा आशा देखेका थियौं। अहिले उहाँ सभामुखको भूमिकामा जानुभएको छ । देशकै अभिभाव हुनुभएको छ तर पार्टीले अभिभावक गुमाएको जस्तो महशुस भइरहेको छ,’ उनी भन्छन्।

केन्द्रीय सहकारी विभाग सदस्य बोधराज रेग्मीको बुझाइमा पनि डिपी अर्याल पार्टी स्थापनादेखिको बलियो खम्बा हुन्। संकटमा पनि उनले पार्टीलाई जोगाएर यहाँसम्म पुर्‍याएका हुन्। ‘महाधिवेशनको यो ऐतिहासिक अवसरमा उहाँलाई नदेख्दा हामीले धेरै मिस गरिरहेका छौं,’ उनले भने।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

अर्यालले हरेक प्रतिकुल समयमा रविलाई साथ दिएका थिए। उनको समर्पणलाई लामिछाने आफैंले पनि पटक-पटक सुनाउने गरेका छन्। यतिबेला चितवनमा उत्साह मात्रै छैन। अन्योल पनि छ । पार्टीमा संख्या बढेको छ। त्यही संख्या व्यवस्थापन सभापति रवि र केन्द्रीय नेतृत्वको लागि टाउको दुखाइ बनेको छ। 

त्यस्तो अवस्थामा रविले पार्टीको केन्द्रमा आउने आकांक्षीलाई मिलाउन आफूपछिको परिपक्व व्यक्तिको अभाव पक्कै महशुस गरिरहेको कार्यकर्ताहरु बताउँछन् । ‘सभापतिज्यूलाई शान्त भएर मुस्कान सहित ‘डिल गर्ने डिपी’को कमी रविले महशुस गरेको निकटस्थ बताउँछन् । कार्यकर्ताहरु आफ्नो अपेक्षा रविसम्म पुगेर भन्न धकाइरहेका छन् । उनीसम्म कुरा पुर्‍याउने डिपी जस्तो व्यक्तित्व अभाव महशुस गरेका छन्।

हरेक संकटका सारथी डीपी
परिआउँदा डीपी कुन हदसम्म साथ दिन सक्छन् भन्ने विषयमा २०८२ साल पुस ६ गते वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकमा रवि लामिछानेले एउटा प्रसंग सुनाएका थिए। सहकारी ठगी लगायतका मुद्दामा आठ महिना जेल जीवन बिताएर धरौटीमा रिहा भएका रविलाई भेट्न नख्खु कारागार पुगेका अर्यालले त्यतिबेला भनेका थिए, ‘पार्टीको नेतृत्व कार्यवाहकलाई दिन मिलेजस्तै कारागारको बसाइ पनि कार्यवाहकलाई दिन मिल्दैन? यदि मिल्छ भने तपाईंको भागमा म भित्र बस्न तयार छु। देशलाई अहिले तपाईंको खाँचो छ, तपाईं बाहिर जानुस्।‘

उक्त प्रसंग सुनाउँदा बैठकमा नेताहरु भावुक बनेका थिए। यो व्यक्तिगत मित्रताको प्रसंग मात्रै थिएन, यसले पार्टीभित्र अर्यालले निर्वाह गरेको भूमिकाको गहिराइ पनि दर्शाउँथ्यो।

२०७९ असार ७ गते राष्ट्रिय सभागृहबाट रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गर्दा डिपी अर्याल सवैभन्दा भरपर्दो खम्बा थिए। रास्वपा स्थापनाको पाँच महिनामै निर्वाचनमा होमियो र ११ लाखभन्दा बढी लोकप्रिय मतसहित २० सिट जितेर राष्ट्रिय राजनीतिमा हलचल मच्चायो। तर त्यसपछि संकटका शृंखला सुरु भए।

नागरिकता विवाद, राहदानी प्रकरण, सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दाले पार्टीमाथि लगातार प्रहार भइरह्यो। नागरिकता प्रकरणका कारण रविले सांसद र गृहमन्त्री दुवै पद गुमाएपछि पार्टी गम्भीर संकटमा पर्‍यो।

DP-1782127390.jpg
 

त्यतिबेला श्रममन्त्री रहेका अर्यालले नेतृत्वसँगै पार्टीलाई सम्हाले। चितवन–२ को उपनिर्वाचनमार्फत रवि पुनः राजनीतिमा फर्किए। त्यसपछि पनि राजनीतिक उतारचढाव रोकिएन। त्यस्तो समयमा खम्बा बनेर उभिएको लमजुङबाट आएका विजय रञ्जन पौडेल बताउँछन्।

‘म राष्ट्रिय स्वतन्त्र पार्टीमा आएदेखि पार्टीमा धेरै उतारचढाव आए। ती उतारचढावका बीच, पार्टी सभापति रवि लामिछाने जेल जानुपरेको अवस्थादेखि लिएर स्थापना कालका नेताहरूले दुःख गरेको समयसम्म, डिपी अर्यालले धेरै नै मेहनत गर्नुभएको छ। उहाँले पार्टीलाई दिनुभएको उत्साह, मुस्कुराएर साथीहरूलाई हौसला दिने शैली र सकारात्मक ऊर्जा आज पनि सम्झनामा ताजै छ,’ उनले भने।

जब सहकारी प्रकरणमा रवि पक्राउ परे र पछि आठ महिना जेल जीवन बिताउन बाध्य भए, पार्टीको यस्ता कठीन समयमा कार्यवाहक सभापतिको जिम्मेवारी डिपी अर्यालको काँधमा थियो। त्यो उनले सुझबुझ ढंले निर्वाह गरेको उनी बताउँछन्।

रवि जेलमा हुँदा पार्टी कमजोर बन्दै गएको थियो। संसद्, सडक र सामाजिक सञ्जालमा पार्टीको बचाउ गर्नु चुनौतीपूर्ण बनेको थियो। तर त्यही बेला अर्यालले कार्यवाहक सभापति बने। रास्वपाले सरकारमाथि राजनीतिक पूर्वाग्रह र प्रतिशोधको आरोप लगाउँदै सडक र सदन दुवै मोर्चामा प्रतिरोध गर्‍यो। रविका अर्का सहयात्री नेता दिपक बोहरालाई अघि सारेर  देशव्यापी हस्ताक्षर अभियान चलाइयो। कार्यकर्तालाई सक्रिय राखियो। संगठनलाई विखण्डन हुन दिइएन।

पार्टीभित्रका नेताहरूका अनुसार त्यतिबेला अर्यालको मुख्य शक्ति उनको संयम थियो। त्यही संयमताले पार्टीका धेरै नेता-कार्यकर्तालाई विचलित हुन नदिएको कर्णालीकी प्रतिनिधि आचार्य बताउँछन्।

रास्वपाभित्र एउटा साझा धारणा छ, रवि लामिछानेसम्म पुग्न सबैलाई सहज लाग्दैन। उनको लोकप्रियता, व्यस्तता र नेतृत्वको शैलीका कारण धेरै कार्यकर्ताले आफ्ना गुनासा वा सुझाव प्रत्यक्ष राख्न सक्दैनन्। त्यस्तो अवस्थामा डिपी अर्याल नै सबैभन्दा सहज माध्यम थिए।

‘रविदाइसम्म पुग्न धक लाग्थ्यो। डिपी सरसँग भने खुलेर कुरा गर्न सकिन्थ्यो,’ उनले भनिन्। म उहाँसँग कुरा गरेर पार्टीमा आएँ। र पछि पनि उहाँसँगै धेरै कुरा भयो,’ उनले महाधिवेशनस्थलमा भनिन्।

पार्टी मिलाउन त्यागेको अवसर
निर्वाचनपछि रास्वपा नेतृत्वको सरकार गठन हुँदा डिपी अर्याल कार्यकारी भूमिकामै रहने सरकारमा सहभागी हुने धेरैले बुझेका थिए।  उनी गृहमन्त्री बन्ने चर्चासमेत चलेको थियो। विशेषगरी कठिन परिस्थितिमा पार्टीलाई जोगाएका उनलाई संगठन बलियो बनाउन र सरकारमा समन्वयकारि व्यक्तित्व लैजान  उनले चाहेका थिए।

तर, पार्टीमा विभिन्न अभियानबाट आएका नेता मिलाउने कुरामा फेरि रविले एकपल्ट डीपीलाई ब्याक गर्नुपर्‍यो। रविको सट्टा जेल समेत जान तयार डीपीका लागि यो सामान्य त्याग थियो। । पार्टी नेताहरुलाई अप्ठ्यारो नपारी उनी  प्रतिनिधिसभाको सभामुख बन्न राजी भए।

सभामुख बनेसँगै भने उनी सक्रिय दलीय राजनीतिबाट अलग भए। संवैधानिक व्यवस्थाअनुसार सभामुख दलभन्दा माथिको भूमिका भएकाले उनी पार्टी महाधिवेशनमा सहभागी हुन पाउँदैनन्। यही कारण रास्वपाको पहिलो महाधिवेशनमा उनी अनुपस्थित छन्।
 

प्रकाशित मिति: सोमबार, असार ८, २०८३  १७:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
चार प्रस्तावित राजदूतको संसदीय सुनुवाइ हुँदै
बडादसैँको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरिँदै
हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
सम्बन्धित सामग्री
चार प्रस्तावित राजदूतको संसदीय सुनुवाइ हुँदै संसदीय सुनुवाइ समितिले श्रीलङ्का, मलेसिया, जापान र साउदी अरबका लागि प्रस्तावित नेपाली राजदूतहरूको संसदीय सुनुवाइ गर्ने भएको छ। बुधबार, असोज २८, २०८३
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता भारतमा सम्पन्न पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन दिल्ली पुगेका गृहमन्त्री गुरुङले मंगलबार शाहसँग भेटवार्ता गरेका भार... मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... खुलातर्फ १५ जना निर्वाचित हुनु पर्नेमा एक जनाले विजेताको मत पाए पनि अदालतमा मुद्धा परेकाले अहिलेलाई निर्वाचित नगरी यथास्थितिमा राखिन... मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
चार प्रस्तावित राजदूतको संसदीय सुनुवाइ हुँदै बुधबार, असोज २८, २०८३
बडादसैँको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरिँदै बुधबार, असोज २८, २०८३
हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना बुधबार, असोज २८, २०८३
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
लिग -२ मा नेपालको दोस्रो जित , ओमान ११३ रनले पराजित मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्