काठमाडौं– भोटेकोशीमा आएको बाढीमा श्रीमतीको मिर्गौला उपचारका लागि बचत गरेरको २५ लाख रुपैयाँ बगेपछि भावुक बनेर रोएका एक व्यक्तिलाई भारतीय कलाकार सोनु सूदले सहयोगको आश्वासन दिएका छन्।
बाढीमा उपचारका लागि बचत गरिएको रकम बगेपछि ती व्यक्ति रोइरहेको दृश्य सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो। उक्त दृश्यमा श्रीमतीको मिर्गौला उपचारका लागि रकम बचत गरेर राखिएको र बाढीमा सबै रकम बगेको उल्लेख गरिएको छ।
.jpeg)
यसैबीच, सोनुले आफ्नो सामाजिक सञ्जालबाट उक्त भिडियोमा प्रतिक्रिया दिँदै सहयोग गर्ने प्रतिबद्धता जनाइएको छ।
उनले लेखेका छन्,‘चिन्ता नगर्नुहोस्। तपाईंकी श्रीमतीको शल्यक्रिया हुने सुनिश्चित गर्नेछु।’
सूदले ती व्यक्तिको पहिचान र सम्पर्क नम्बर उपलब्ध गराइदिनसमेत आग्रह गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।