मस्को– शीतयुद्धकालमा रूससँग अमेरिकाले गरेको आणविक हतियार सम्झौताबाट पछि हट्नु संयुक्त राज्य अमेरिकाका लागि ‘खतरनाक कदम’ हुने रूसी उप विदेशमन्त्री सर्गेइ र्यावकोभले आइतबार बताएका छन्।
_x000D_
_x000D_
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले शीतकालीन समयमा रूससँग पूर्व राष्ट्रपति डोनाल्ड रेगनले गरेको उक्त सम्झौताबाट पछि हट्ने योजनालाई घोषणा गरेपछि रूसको प्रतिक्रिया आएको हो।
_x000D_
_x000D_
विदेशमन्त्री र्यावकोभले रूसी समाचार संस्था तासलाई भने, 'म विश्वस्त छु, अमेरिकी कदमको अन्तर्राष्ट्रिय समुदायले आलोचना मात्रै गर्ने छैन। अमेरिकी ‘खतरनाक कदम’को विश्वभर निन्दा हुनेछ।'
_x000D_
_x000D_
तत्कालीन सोभियत संघका राष्ट्रपति मिखाइल गोर्भाचोभले पनि ट्रम्पको घोषणालाई अविवेकी निर्णय भन्दै आलोचना गरेका छन्।
_x000D_
_x000D_
'अमेरिकाले आणविक निशस्त्रीकरणका लागि गरिएको पूरानो सम्झौतालाई तोड्नु विल्कुल गलत हुनेछ,' गोर्भाचोभले इन्टरफ्याक्सलाई बताए।
_x000D_
_x000D_
उनले सहमतिबाट फिर्ता हुने अमेरिकी तयारीलाई बुझ्नु निकै कठीन परेको बताए। 'यो घोषणाले विवेकको कमीलाई देखाउँछ,' गोर्भाचोभले भने। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।