बेत्रावती– दसैं पर्वको समयमा बन्द भएका सार्वजनिक यातायातको साधन अझै निर्वाधरुपमा सञ्चालन नहुँदा नुवाकोटका यात्रुले कठिनाइ भोगेका छन्।
_x000D_
_x000D_
फूलपातीको दिनदेखि बन्द भएका सार्वजनिक यातायातको टिकट काउन्टर सञ्चालन नहुँदा यात्रुले तोकिएकोभन्दा बढी भाडा र क्षमताभन्दा बढी यात्रु भएर यात्रा गर्न बाध्य भएका हुन्।
_x000D_
_x000D_
यातायात व्यवसायीले दसैं पर्वमा पर्याप्त संख्यामा गाडी सञ्चालनमा रहेको दाबी गरे पनि यात्रुको संख्यामा वृद्धि र गाडी नियमितभन्दा निकै कम सञ्चालन भएको जिल्ला प्रहरी प्रमुख (एसपी) वसन्तबहादुर कुँवरले जानकारी दिए।
_x000D_
_x000D_
उनका अनुसार बन्द रहेका टिकट काउन्टर अझै सञ्चालन नहुँदा जिल्लामा सञ्चालित नियमित गाडी निकै कम चलेको र ती गाडीले तोकिएको भन्दा बढी यात्रु बोक्ने र बढी भाडा असुल गरेको सूचनाको आधारमा आइतबार एकैदिन २ सय ४९ सवारी साधन कारबाहीमा परेका छन्।
_x000D_
_x000D_
ती सवारीबाट १ लाख ८१ हजार ५ सय राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रमुख प्रहरी नायब निरीक्षक नरहरि अधिकारीले जानकारी दिए। सामान्य समयको भन्दा निकै कम संख्यामा गाडी चलेको अवस्थामा राजस्व संकलन भने धेरै गुणा बढी भएको उनको भनाइ छ।
_x000D_
_x000D_
दसैंको समयमा यात्रुको संख्या वृद्धि हुने भएकाले यातायात व्यवसायीसँग समन्वय गरी पर्याप्त संख्यामा गाडी सञ्चालन गराउन प्रशासनले पहल नगर्दा यात्रुले क्षमताभन्दा बढी यात्रु भएर आवतजावत गर्न र बढी भाडा तिर्न बाध्य भएको बेलकोटगढी नपा–६ का नवराज पनेरुले गुनासो गरे। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।