ताइवान– ताइवानमा आइतबार भएको रेल दुर्घटनामा परि कम्तीमा १७ जनाको मृत्यु भएको ताइवानी अधिकारीले जनाएका छन्।
_x000D_
_x000D_
ताइवानको उत्तरपूर्वी यिलान काउन्टीमा गुडिरहेको रेलले लिकलाई छोड्दा भएको उक्त घटनामा कम्तीमा १७ जनाको मृत्यु भएको छ भने ७० जना घाइते भएका ताइवान रेल प्रशासनले पुष्टि गरेको छ।
_x000D_
_x000D_
रेलका पाँच वटा डब्वा रेलमार्गबाट उछिट्टिएका र जमिनमा लडेका अवस्थामा रहेका छन्।
_x000D_
_x000D_
उच्च गतिको पुयुमा एक्सप्रेस रेलका सार्वजनिक तस्वीरमा रेल लिकबाट उछिट्टिएर टेढो अवस्थामा रहेको र केही डब्वा जमिनमा लडेको देखाइएको छ।
_x000D_
_x000D_
स्थानीय समय अनुसार करिब ४ः५० मा दुर्घटना भएका ताइवानी अधिकारीले जनाएका छन् तर दुर्घटनाको कारणबारे भने केही बताएका छैनन्।
_x000D_
_x000D_
राष्ट्रिय अग्नी नियन्त्रण निकायले रेलमा ३१० जना यात्रारत रहेको र दक्षिणी शहर ताइतुङतर्फ जाने क्रममा उत्तरपूर्वी यिलान काउन्टीमा दुर्घटना हुनपुगेको थियो।
_x000D_
_x000D_
घटनाबारे छानवबिन सुरू भइसकेको अधिकारीहरूले बताएका छन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।