धनुषा– भारतको झारखण्डबाट ब्लास्ट (रेल्वे लिकमा प्रयोग हुने गिट्टी) सहितको रेल दोस्रो पटक अाइतबार जनकपुर आइपुगेको छ।
_x000D_
_x000D_
रेल तथा मेट्रो विकास आयोजना साइट कार्यालय जनकपुरका प्रमुख इञ्जिनीयर विनोदकुमार ओझाले तयारी अवस्थामा रहेको लिकभित्र राख्न प्रयोग हुने ब्लास्ट भारतको पाखौर झारखण्डबाट मालवाहक रेलमा ल्याइएको बताए।
_x000D_
_x000D_
प्रतिघण्टा १० किलोमिटरको गतिमा आएको मालवाहक रेलको र्याकमा लोड गरिएको ब्लास्ट मजदुरले लिकमा झार्दै आएका हुन्। भारत सरकारको सहयोगमा निर्माणाधीन अवस्थामा रहेको लिकबाट दोस्रो पटक ५३ र्याकमासहितको रेल्वे जनकपुर आइपुगेको हो।
_x000D_
_x000D_
धनुषाको कुर्थासम्म रेल्वे सञ्चालनका लागि तीन हल्ट र पाँच स्टेशनको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। स्टेशन भवन र आवास निर्माणको कार्य पनि अन्तिम चरणमा पुगेको छ। यात्रुवाहक रेल गुडाउन जयनगर (भारत) बर्दिवास ब्रोडगेज (६९ किलोमिटर) सञ्चालनका लागि काम भइरहँदा जयनगर–जनकपुर रेल लिकलाई आज मालवाहक रेल गुडाएर ‘फाइनल टच’का लागि तयारी शुरु गरिएको प्राविधिक बताउँछन्।
_x000D_
_x000D_
भारतीय निर्माण कम्पनी इरकोन इन्टरनेशनलले ब्रोडगेज रेल सञ्चालनका लागि लिक बनाएको हो। यसअघि जयनगर–जनकपुर–बिजुलपुरा (५२ किलोमिटर) मा सञ्चालित न्यारोगेज रेलमा २० देखि २५ किलोमिटर प्रतिघण्टाको गति थियो। ब्रोडगेज रेल सञ्चालनमा आएपछि जयनगरदेखि कुर्थासम्मको ३५ किमी दूरी आधा घण्टामा पूरा हुनेछ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।