कपिलवस्तु– दुर्गा भवानीको मूर्ति सेलाउने क्रममा कपिलवस्तुको कृष्णनगरमा विवाद हुँदा कपिलवस्तु जिल्ला प्रशासन कार्यालयले आज साँझ निषेधाज्ञा(कर्फ्यु) लगाइएको छ।
_x000D_
_x000D_
युवाबीच झडप भएपछि आज साँझ ५ बजेदेखि निषेधाज्ञा लागेको हो। अहिले सो क्षेत्र तनावग्रस्त भएपछि जिल्ला प्रहरी कार्यालय तौलिहवाबाट थप सुरक्षाकर्मी पठाइएको छ।
_x000D_
_x000D_
प्रमुख जिल्ला अधिकारी र सुरक्षा संयन्त्रको बैठकले जिल्लाको शान्ति सुरक्षा कायम गर्न स्थानीय प्रशासन ऐन २०२८ दफा ६ (क) अनुसार आज साँझ ५ बजेदेखि अर्को आदेश नभएसम्म कृष्णनगरदेखि उत्तरमा वडाया पोखरी, पश्चिममा झण्डी नगर शिर्शिहवा चोक, पूर्वमा सेमरा गाउँ, दक्षिणमा नेपाल–भारत दशगजा क्षेत्रमा निषेधाज्ञा लगाएको प्रजिअ अर्जुनप्रसाद पोखरेलले बताए।
_x000D_
_x000D_
प्रजिअ पोखरेलका अनुसार सामान्य विषय भए पनि हिंसा भड्किने खतरा आएकाले (कर्फ्यु) जारी गर्नुपरेको जनाए। उनका अनुसार दुई दिनसम्म पनि मिलाउने प्रयास असफल भएपछि अर्को आदेश नभएसम्मका लागि (कर्फ्यु)जारी गरिएको हो।
_x000D_
_x000D_
अर्को सूचना जारी नहुँदासम्म कसैलाई घर बाहिर निस्कन, आवतजावत गर्न तथा भेला, जुलुस एवं हुलदंगा नगर्न आदेश दिइएको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।