• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, चैत २८, २०८२ Sat, Apr 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

तरकारी फल्यो, बजार छैन

64x64
नेपाल लाइभ आइतबार, कात्तिक ४, २०७५  ०९:४१
1140x725

बाँके– राप्तीसोनारी गाउँपालिका–३ भगवतीपुरका महिलाले आर्थिक उपार्जनका लागि व्यावसायिक तरकारी खेती गर्दै आएका छन्। पहिले पनि घरायसी प्रयोजनका लागि तरकारी खेती गर्दै आएका उनीहरुले दुई वर्षदेखि तरकारी खेती गरेर आर्थिकस्तरलाई उकास्ने प्रयास गरिरहेका छन्।

_x000D_ _x000D_

विभिन्न सङ्घसंस्थाले कृषि तथा तरकारी खेतीसम्बन्धी तालिम तथा योजना ल्याएसँगै उनीहरु जीविकोपार्जनतर्फ उन्मुख भएका हुन्। ‘पहिले घरमा खानलाई मात्र लगाउँथ्यौं, अहिले व्यावसायिक रुपमा तरकारी खेती गरिरहेका छौँ’, स्थानीय सुकमानी थारुले भनिन्। स्थानीयवासी सुमित्रा चौधरीले आफूले उत्पादन गरेको तरकारी बिक्री नहुँदा समस्या भएको गुनासो गरिन्।

_x000D_ _x000D_

उनले भनिन्, ‘पहिलेको तुलनामा यहाँका महिला बढी मात्रामा तरकारी खेतीतर्फ उन्मुख भएका छन्, तर बिक्रीका लागि बजारको समस्या छ।’ भगवतीपुरका महिलाले अहिले व्यावसायिक रुपमा लौका, करेला, खुर्सानी, भिन्डी, गोलभेँडालगायत तरकारी उत्पादन गर्दै आएका छन्। उनीहरुले महिला समूह निर्माण गरी प्रतिमहिना २० रुपैयाँका दरले बचतसमेत गर्दै आएका छन्।

_x000D_ _x000D_

बचत गरिएको रकम तरकारी खेती गर्न चाहने महिलाका लागि सस्तो ब्याजमा ऋण लगानी भएको छ। तर, ऋण लिनका लागि समूहमा आबद्ध हुनुपर्छ। तरकारी खेती गर्न थालेपछि विगतको तुलनामा महिला आत्मनिर्भर बन्दै गएको सोही स्थान बस्ने मीना चौधरीले बताइन्। उनले भनिन्, ‘मासिक रुपमा बचत गर्दै आएका महिलाहरु तरकारी खेती गर्न थालेपछि घरखर्च चलाउने समस्याबाट मुक्तसमेत भएका छन्।’

_x000D_ _x000D_

भगवतीपुरमा उत्पादित तरकारी बिक्रीका लागि अगैया र बिनौनाका स्थानीय बजारमा लैजानुपर्छ। स्थानीय बजारमा २० देखि ३० रुपैयाँ प्रतिकिलोका दरले तरकारी बिक्री हुँदै आएको छ। स्थानीय छवि चौधरीका अनुसार एक डेढ घण्टा हिँडेर बजार पुर्याइएको तरकारी बिक्री नहुँदा कहिलेकाहीं फिर्ता ल्याउनुपर्ने हुन्छ। ‘हामीले उत्पादन गरेको तरकारी स्थानीय बजारमा भनेअनुसार बिक्री हुँदैन। कहिलेकाहीं तरकारीसमेत फिर्ता ल्याउनुपर्छ। त्यस्तो बेला दिनभर दुःख गरेर पनि रित्तो हात फर्किनुपर्ने बाध्यता हुन्छ’, उनले भने।

_x000D_ _x000D_

‘तरकारी खेती गर्न थालेपछि घरखर्च चलाउन निकै सहज भएको छ। पहिले छोराछोरीलाई कापी कलम किन्नै समस्या हुन्थ्यो, अहिले त्यस्तो समस्या छैन।’, अमृता चौधरीले भनिन्, ‘पहिले नून तेल किन्नका लागि पनि श्रीमानकै आश गर्नुपर्थ्यो, अहिले भने कसैलाई भन्नुपर्दैन।’

_x000D_ _x000D_

बजारको राम्रो सम्भावना भए यहाँका महिला आर्थिक रुपमा अझ बलियो हुने उनले दाबी गरिन्।

_x000D_ _x000D_

वार्षिक ८ लाख आम्दानी 

nimb
nimb
Ncell 2
Ncell 2
_x000D_ _x000D_

‘बाजेले तरकारी खेती गर्दै आउनुभएको थियो, बुबाले पनि यही खेती नै गर्नुभयो’, ३० वर्षीय सिराज राईले भने, ‘बुबा र बाजेले गरेको त्यही पेसा मैले पनि गरिरहेको छु।’ दस वर्षदेखि तरकारी खेती गर्दै आएको उनको परिवार हाल आर्थिक रुपमा आत्मनिर्भर बनेको छ। 

_x000D_ _x000D_

‘मैले तालिम पनि लिएको छैन। मेरा बाजेले सुरु गर्नुभएको खेती हामीले पनि सिक्दै गयौँ।’, उनले भने। उनले खुर्सानी, भन्टा, गोलभेँडा, बन्दा, काँक्रो, भाजीलगायत मौसमी तथा बेमौसमी तरकारी फलाउँदै आएका छन्। तरकारीबाटै वार्षिक ८ लाख रुपैयाँभन्दा बढी आम्दानी हुने उनको भनाइ छ।

_x000D_ _x000D_

‘बारीको तरकारीले मेरो गरीबी हट्यो’, उनले भने, ‘तरकारीबाटै वार्षिक ८ लाखजति कमाइ हुन्छ।’ तरकारी खेती थालेपछि अहिले बिहानदेखि बेलुका अबेरसम्म बारीमै व्यस्त हुने गरेको उनी बताउँछन्। राई मात्रै होइन, उनका २८ वर्षीय भाइ आजादको दैनिकी पनि उसैगरी बित्ने गरेको छ। आजाद भन्छन्, ‘बाजेकै प्रेरणा पाएर तरकारी खेती गर्न सुरु गरेका हौँ, यसैबाट हाम्रो परिवार चलेको छ।’ 

_x000D_ _x000D_

तरकारी खेतीमा किटनाशक औषधिबाहेक मलका रुपमा रासायनिक मल प्रयोग नगरेरै उत्पादन गरिएको उनीहरु बताउँछन्। आजादले भने, ‘हामीले घोडाको मललाई एक वर्षसम्म कुहाएर प्रयोग गरिरहेका छौँ।’ 

_x000D_ _x000D_

अहिलेसम्म कहीँकतैबाट सहयोग नलिइएको सिराजले बताए। भने, ‘हामीले आफ्नै बलबुतामा खेती गरिरहेका छौँ। कृषि कार्यालयमा गयो भने सहयोग गर्छन् भन्ने सुने पनि आफ्नो पहुँच नभएकाले गएका छैनौँ। त्यहाँ गएर पाइने आश नभएकाले किन समय खेर फाल्ने भनेर हामी अहिलेसम्म सहयोग माग्न कतै गएका छैनौँ।’

_x000D_ _x000D_

उनीहरुले उत्पादन गरेको तरकारी स्थानीय बजारमै खपत हुने गरेको छ। तरकारी मन्डीका थोक बिक्रेताले उत्पादन भएको तरकारी टिप्ने बेलामा ठेक्कामा लिने गरेका छन्। ‘तरकारी मन्डीहरुले थोकमा लैजान्छन्’, आजादले भने, ‘बिक्री गर्ने समयमा तरकारी किन्नेहरु आफैँ बारीमै पुग्नुहुन्छ, ठेक्कामा लैजानुहुन्छ।’

_x000D_ _x000D_

(काशीराम शर्मा/रासस)

_x000D_ _x000D_

(फाेटाे : निम्बस)

प्रकाशित मिति: आइतबार, कात्तिक ४, २०७५  ०९:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
उपसभामुख ठाकुरले लिइन् शपथ
सरकारमा समावेशी सहभागिताः मन्त्रिपरिषद्मा ४० प्रतिशत महिला
ई-पेन्सन प्रमाणीकरण प्रणाली लागू, पेन्सनकर्ताको प्रक्रिया सहज बनाइने
सम्बन्धित सामग्री
आज ग्याल्पो ल्होसार, विभिन्न कार्यक्रम गरी मनाइँदै पर्वको अवसरमा शेर्पा समुदायमा आफ्नो गाउँघर, टोलमा रहेका बाटोघाटो तथा पानीका मूलहरूको सरसरफाइ गर्ने, नौ प्रकारको अन्न मिसाइएको परिकार... बुधबार, फागुन ६, २०८२
माघे सङ्क्रान्ति जस्ता पर्वले मेलमिलापको भावना अभिवृद्धि गर्न मद्दत पुग्ने राष्ट्रपतिको विश्वास माघे सङ्क्रान्ति एवम् माघी पर्व, २०८२ का अवसरमा आज स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र... बिहीबार, माघ १, २०८२
आज तमु ल्होसार पर्व मनाइँदै, सार्वजनिक बिदा ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । मंगलबार, पुस १५, २०८२
ताजा समाचारसबै
अफगानिस्तानमा बाढीका कारण दशौँ हजार प्रभावित ः राष्ट्रसङ्घ शुक्रबार, चैत २७, २०८२
उपसभामुख ठाकुरले लिइन् शपथ शुक्रबार, चैत २७, २०८२
सरकारमा समावेशी सहभागिताः मन्त्रिपरिषद्मा ४० प्रतिशत महिला शुक्रबार, चैत २७, २०८२
ई-पेन्सन प्रमाणीकरण प्रणाली लागू, पेन्सनकर्ताको प्रक्रिया सहज बनाइने शुक्रबार, चैत २७, २०८२
संसदीय सुनुवाइ समिति गठन शुक्रबार, चैत २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
मन्त्रिपरिषद् विस्तार, उद्योगमन्त्री बनिन् गौरीकुमारी, श्रममन्त्रीमा यादव शुक्रबार, चैत २७, २०८२
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी शुक्रबार, चैत २७, २०८२
नियुक्ति प्रक्रियामा व्यक्तिगत प्रभाव नपार्न सांसदलाई रवि लामिछानेको आग्रह शुक्रबार, चैत २७, २०८२
रास्वपा संसदीय दलको बैठक : उपसभामुखमा ठाकुरलाई मतदान गर्ने निर्णय पारित शुक्रबार, चैत २७, २०८२
जर्मनीस्थित नेपाली राजदूत डा. रुपाखेतीले दिए पदबाट राजीनामा शुक्रबार, चैत २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
ट्रम्पको ‘पूरै सभ्यता नष्ट हुन सक्ने' चेतावनीलगत्तै इरानको खार्ग टापुमा आक्रमण मंगलबार, चैत २४, २०८२
पूर्वगृहमन्त्री अर्याललाई राष्ट्रिय सभामा सिफारिस गर्ने निर्णयविरुद्धको रिट सर्वोच्चद्वारा खारेज बुधबार, चैत २५, २०८२
युद्धविरामको घोषणाबिच खाडी यूएईमा मिसाइल प्रहार, साउदीमा उच्च सतर्कता बुधबार, चैत २५, २०८२
पोखरामा एक महिलाको विभत्स हत्या बिहीबार, चैत २६, २०८२
मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर, सुधन गुरुङ तेस्रोबाट पाँचौमा मंगलबार, चैत २४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्