बाग्लुङ – बाग्लुङ महोत्सव पुसको दोस्रो साता आयोजना हुने भएको छ।
उद्योग वाणिज्य संघको आयोजनामा पाँचौं संस्करणको महोत्सव हुन लागेको हो । व्यापार, पर्यटन प्रवर्द्धन र संस्कृति संरक्षणको उद्देश्य राखेर पुस १४ देखि २३ गतेसम्म महोत्सव आयोजना हुने संघका अध्यक्ष जयराम भारीले बताए।
महोत्सवमा स्थानीय उत्पादनको प्रदर्शनी तथा बिक्री कक्षका साथै दर्जनौं व्यापारिक कक्ष राखिने आयोजकले जनाएको छ । यस्तै, राष्ट्रियस्तरको लोक दोहोरी, भलिबल लगायतका प्रतियोगिता महोत्सवका आकर्षण रहनेछन्।
बाग्लुङको पहिचान झल्कने कला, संस्कृति र फोटो प्रदर्शनी पनि गरिने महोत्सवका मूल संयोजक भारीले जानकारी दिए।
अघिल्ला वर्षहरुमा संघले चैत्राष्टमी पर्वको अवसरमा महोत्सव गर्ने गरे पनि पहिलोपटक पुस महिनामा गर्न लागेको हो । रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।