काठमाडौं– वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारले रोजगारदाता कम्पनीले तोकेअनुसारको पारिश्रमिक नदिएको गुनासो गरेका छन्। रोजगारदाता कम्पनीको मागपत्रअनुसार विदेश पुगेका नेपाली कामदारले सम्झौताअनुसारको सेवाशुल्क र अन्य सुविधा नपाएको गुनासो गरेका हुन्।
_x000D_
_x000D_
रोजगारीका लागि मलेसिया पुगेका इलामका विपिन अधिकारीलाई म्यानपावर कम्पनीले नेपालमा भनेजस्तो काम र परिश्रमिक दिएको छैन। ‘सुरुमा १२ सय रिंगेट दिने सम्झौता थियो, अहिले ७ सय ५० रिंगेटमा काम गर्न बाध्य छु,’ उनले गुनासो गरे।
_x000D_
_x000D_
पाँचथरका बसन्त योगहाङ पनि पीडित कामदार हुन्। प्रतिमहिना १३ सय रिंगेट दिने भनेर मलेसिया पठाइए पनि ९ सय रिंगेटमा काम गर्न बाध्य छन् उनी।
_x000D_
_x000D_
२ वर्षअघि रोजगारीका लागि कतार पुगेका मोरङका इन्द्रप्रसाद घिमिरेको पनि उस्तै कथा छ। १४ सय रियल भनेर साउदी गएका उनी ६ सय ५० मा काम गर्न बाध्य छन्।
_x000D_
_x000D_
धनकुटाका लोकेश भारती पनि पीडित छन्। उनी २ हजार रियल भनेर नेपालबाट साउदी गएका थिए। तर, त्यहाँ पुगेपछि कम्पनीले ९ सय ५० रियल मात्र दिएको सामाजिक सञ्जालमार्फत उनले जानकारी दिए।
_x000D_
_x000D_
सुनसरीका सौगत शाह २ सय २५ ओमनी मुद्रा दिने भन्दै नेपालबाट म्यानपावरले उडाएको थियो। त्यहाँ पुगेर उनको अवस्था पनि उस्तै रह्यो। उनले महिनाभर काम गरेपछि २ सय २५ पाउनुपर्नेमा १ सय ७० मात्रै पाए।
_x000D_
_x000D_
‘जानेबेलामा एउटा भनिन्छ, यहाँ त अर्कै हुने रहेछ,’ उनले भने, ‘यो सब म्यानपावर कम्पनीको चलखेल हो।’
_x000D_
_x000D_
म्यानपावर व्यवसायीको छाता संगठन वैदेशिक रोजगार व्यवसायी संघका अधिकारीहरु भने रोजगारदाता कम्पनीबाट माग आएअनुसारकै पारिश्रमीक दिएको दाबी गर्छन्। म्यानपावर व्यवसायी र रोजगारका लागि विदेशिने युवाको भनाइ भने ठीक उल्टो देखिएको छ।
_x000D_
_x000D_
व्यवसायीले भनेजस्तो विदेशमा पुगेर अधिकांश नेपाली कामदारले करारपत्र अनुसार पारिश्रमिक पाउँदैनन्। सम्झौता अनुसारको तलब सुविधा नपाएपछि उनीहरु कम्पनी छोडेर अवैधानिक भएर कम्पनी परिवर्तन गरेर रोजगारी गर्ने गरेका छन्।
_x000D_
_x000D_
जसबाट नेपाली कामदार म्यानपावर र रोजगारदाता कम्पनीबाट पीडित छन्। वैदेशिक रोजगार विभागको तंथ्याकअनुरुप वैदेशिक रोजगारीका क्रममा विदेशिने युवाको संख्या करिब ५३ लाखभन्दा बढी छ। यो तंथ्याक रोजगारीका लागि जाने नेपाली कामदारहरू संख्या हो।
_x000D_
_x000D_
जुन भारतबाहेकका देशमा गणना गरिएको छ। श्रम स्वीकृति विभाग काठमाडौंका अनुसार मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक १५ सयको हाराहारीमा नेपाली कामदार रोजगारीका लागि विदेश जाने गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।