काठमाडौं– काठमाडौं–बुढानीलकण्ठका अनिल ठकुरी वर्षमा एक पटक आउने दसैंमा चंगा उडाउने गर्दथे। तर यो वर्ष अनिलले आकासमा चंगा नै उडाएनन्।
_x000D_
_x000D_
अनिलले मात्र नभएर उनका साथी सौरभ लामाले पनि यस पटकको दसैंमा चंगा उडाएनन्।
_x000D_
_x000D_
केही समयअघि काठमाडौैं खुल्ला आकासमा रङ्गीविरङ्गी चंगाको चाल हेर्न पाइथ्यो। तर पछिल्लो समय खुला आकासमा रङ्गमय चंगा उडेको हेर्न पाउन सहज छैन।
_x000D_
_x000D_
समयको परिवर्तनसँगै चंगा लोप भएको महसुस सधैं चंगा उडाउन सोखिन अनिल लम्साल भन्छन्, ‘स्मार्ट फोन, ट्याबलेट, ल्यापटपजस्ता मनोरञ्जनका अरू साधनहरु मुख्य मनोरञ्जनको साधन बनेको छ।’ यति मात्र नभएर वरिपरिका स्थानमा अग्ला अग्ला भवनहरु ठडिएका छन्।
_x000D_
_x000D_
‘पहिले पहिले यो टोलको साथीहरुले पनि चंगा उडाउथे तर अहिले छाडेका छन्। अघिल्लो वर्षतिर कसको चंगा कति माथि पुग्ने र कसले चंगा चेट गर्ने भन्ने प्रतिस्पर्धा हुन्थ्यो,’ उनले भने, ‘अहिले त चंगा उडाउँदा पनि वरिपरिका अग्ला संरचनामा चंगा को डोरी अड्किने समस्या हुन्छ।’
_x000D_
_x000D_
त्यसैगरी सुकेधाराका नवीन श्रेष्ठले पनि यो वर्षको दशैंमा चंगा उडाएनन्।आफ्नो बाल्यकालदेखि नै चंगा उडाउन सोखीन नवीनले आफ्नो घर वरिपरि चंगा उडाउने मानिस नै पाउन छाडेपछि यो वर्ष चंगा उडाउन नचाहेको बताए।
_x000D_
_x000D_
सुकेधाराका नवीन र बुढानिलकण्ठका अनिल लम्साल जस्ता धेरैले यो वर्ष चंगा आकासमा उडाएनन्। दसैंलाई मुख्य रुपमा पिङ खेल्ने, मासुका परिकार खाने, नयाँ कपडा लगाउने र चंगा उडाउने पर्वका रूपमा मानिन्छ।
_x000D_
_x000D_
केहि वर्षसम्म उपत्यकाका आकाशमा एक महिना अगावै रंगीबिरंगी चंगा उडेको दृश्य देखिन्थ्यो। तर, यसपटकको दसैंमा एउटै चंगा उडेको देखिएको छैन।
_x000D_
_x000D_
पिङ खेल्नु र चंगा उडाउनुको महत्व फरक भएपनि यसको महत्व हिन्दूको महान चाड बढा दसैंसँग पनि जोडिएको छ। दशैंमा एक पटक पिङ्ग खेल्नै पर्छ भन्छन् अग्रज सांस्कतिविद्हरु। पिङको माध्यमबाट जमिनमा रहेका मसिना किरा फटेङ्ग्राहरु नकुल्ची आकासतिर उड्नुले वर्षभरी आफूले गरेको पाप काटीने धार्मीक विश्वास छ।
_x000D_
_x000D_
सस्कृतिविद तुलसी दिवस भन्छन्, ‘पिङ्ग खेल्नु र चंगा उडाउनु उस्तै उस्तै हो। यसमा चंगा खेल्नु पनि आकाशतिर नै जानु हो र चंगा पनि आकास मै उडाउनु हो। यसमा वर्ष भरि आफूले गरेको पाप कटोस भन्ने पनि हो। यसमा एउटा कुरा छ, सफा आकासतिर पिङ्गको साहाराले जानु र सफा आकासमा चङ्गा उडाएर चेट गर्नु एउटा रमाईलो नै गर्नु हो, जसमा धार्मीक विश्वास फरक भएपनि।”
_x000D_
_x000D_
पछिल्लो समय चंगा लोप भइसकेका छन् भने पिङ्ग पनि उपत्यकाको फाट्टफुट ठाउँमा देखिन्छ। त्यो पनि थापिन्छ आफ्ना सन्तानहरुले कर मात्र। त्यहाँ चंगा को लोप त भयो भयो तर अव पिङ्गको पनि पक्कै लोप हुँदैंछ।
_x000D_
_x000D_
नेपालीहरुको संस्कृति र धार्मीक विश्वाससंग जोडीएका यी मनोरञ्जनका माध्यम लोप हुनु सबैले आ–आफ्नो स्थानबाट कमजोरी भएको महसुस नगरे अर्को दसैैैैंमा चंगा मात्र हाईन पिङ पनि लोप हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।