काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक अझै सुरु हुन सकेको छैन।
पार्टी कार्यालय सानेपामा शीर्ष नेताहरू छलफलमा जुटेकाले दिउँसो १ बजेका लागि बोलाइएको बैठक अहिलेसम्म सुरु हुन नसकेको हो।
सानेपास्थित केन्द्रीय कार्यालयको बैठकहलमा केन्द्रीय सदस्यहरू शीर्ष नेतालाई कुरेर बसिरहेका छन् । उता शीर्ष नेताहरू छुट्टै छलफलमा जुटेका छन् । छलफलमा कार्यवाहक सभापति पूर्णबहादुर खड्का, उपसभापति धनराज गुरुङ, नेता डा. शेखर कोइराला, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, शशांक कोइरालालगायत छन् ।
सहमतिको लागि जारी बैठकको निष्कर्ष आएपछि मात्रै बैठक बस्ने तयारी छ। संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षधरबीचको वार्ता अहिले जारी छ।
भृकुटीमण्डपमा भने नयाँ नेतृत्व चयनको लागि निर्वाचन प्रक्रिया अघि बढिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।