काठमाडौँ – मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार सार्वजनिक गरिएका हुन् ।
जसमा नियुक्ति, बढुवादेखि भ्रमण स्वीकृतसम्म रहेका छन् । सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता जगदीश खरेलले मंगलबार मन्त्रिपरिषद् बैठकले गरेका १९ निर्णय निर्णयहरू सार्वजनिक गरेका हुन् ।
उनकाअनुसार सरकारले नेपाल न्याय सेवा, कानून समूहका राजपत्राङ्कित प्रथम श्रेणीका ८ जना अधिकृतहरूको सरुवा गर्ने र सोही सेवाका राजपत्राङ्कित द्वितीय श्रेणीका ८ जना अधिकृतहरूलाई सम्बन्धित समूहको राजपत्राङ्कित प्रथम श्रेणीमा पदस्थापन गर्ने निर्णय पनि गरेको छ ।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।