काठमाडौं– कांग्रेसको विशेष महाधिवेशनको मतदाना नामावलीबाट राष्ट्रपति रामचन्द्र पौडेलको नाम हटाउन शीतल निवासले अनुरोध गरेको छ ।
राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले राष्ट्रपतिको चुनाव जितिसकेपछि पार्टीबाट अलग भएको अवस्थामा नाम आउनु शोभनीय नभएको भन्दै निर्वाचन समितिलाई हटाउन आग्रह गरेका हुन् ।
भृकुटीमण्डपमा निर्वाचन आयोगले टाँस गरेको मतदाता नामावलीको सूचीमा पौडेलको नाम २ नम्बरमा छ । उनको पदमा ‘नेता’ लेखिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।