काठमाडौं– गृहमन्त्री सुधन गुरुङले सोमबार प्रहरी प्रधान कार्यालय, नक्सालको निरीक्षण गरेका छन् ।
प्रहरीको डिजिटल फरेन्सिक ल्याब, अपराध अनुसन्धान विभाग लगायत विभिन्न निकायको अवलोकन गरेपछि उनले प्रहरी उच्च अधिकृतहरुलाई निर्देशन सम्बोधन गरे ।
त्यस क्रममा उनले प्रहरीलाई सर्वसाधारणसँग बोली, व्यवहार सुधार्न निर्देशन दिँदै प्रहरीलाई मोडलका रुपमा विकास गर्ने आफ्नो लक्ष्य रहेको सुनाए । 'प्रहरीको रासन सुधारदेखि अनुसन्धानका लागि अत्यधुनिक प्रविधि ल्याउने काम हाम्रो हो,' उनले भने, 'तपाईंहरु काम गरेर देखाउनुस् ।'
उनले प्रहरीका लागि चाहिने कपडाको उद्योगसमेत आफैं खोलेर गुणस्तरीय उत्पादन गर्नुपर्ने बताए । 'अरु आवश्यकताका स्रोत साधनहरु स्तरीय हुनुपर्छ,' उनले भने ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।